गुडिरहेको बसको टायर फुस्किएर लाग्दा मंगलबार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका–६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेल छन्। कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा प्रदेश १–०१–००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा पौडेल गम्भीर घाइते भएका थिए।
उपचारका बिराट नर्सिंङहोम विराटनगरमा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
Discussion about this post