काठमाडौं- भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।
९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् ।
अहिले चीनको केरुङ हुदै प्याज आयात भईरहेको नेपाल कृषि उपज आलु प्याज आयात र निर्यात तथा थोक विक्रेता संघले जनाएको छ ।
संघका अनुसार पहिलो चरणमा एकसय टन प्याज आयात हुन लागेकोमा ३० टनको लागि भन्सार प्रकृया पुरा भइसकेको छ ।
Discussion about this post