काठमाडौं । सेयर धितो कर्जाको सीमा पुनरावलोकन हुने खबरले बिहीबार सेयर बजारमा उछाल आएको छ। बिहीबार बजार ४४.३४ अंकले बढेर २०२९ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजार बढ्दा नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
११ कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो । ती ११ कम्पनीमा नेसनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रो, मन्दाकिनी हाइड्रो, थ्रीस्टार हाइड्रो, न्यादी हाइड्रो, खानीखोला हाइड्रो, अरुण काबेली पावर, आँखुखोला र बाराही हाइड्रोपावर छन् । अभियान लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहे ।
Discussion about this post