बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । सो घटाइसँगै नेप्से २४८७ अंकमा झरेको छ ।
बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून हो । केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।
कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।
विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटे ।







Discussion about this post