मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह गरेका छन् ।
मुग्लिन–नारायणगढ सडक खण्ड खुल्ने अनिश्चित भए लगत्तै टिकट काट्न बन्द गरिएको छ । मुग्लिन बजार नजिकै रहेकाे तुइन खोला क्षेत्रमा ठूलाे पहिराे गएर पन्छाउन समस्या भएपछी टिकट काट्न बन्द गरिएकाे हाे ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न ब्यवसायीहरुलाई आग्रह गरेका छन् ।उनका अनुसार मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध हुदा ३ दिनदेखि हजारौं गाडीहरू सडकमा अलपत्र अवस्थामा रोकिएका छन् । शनिबार र आईतबार मात्रै २० हजारभन्दा बढी यात्रुले टिकट लिएर अलपत्र परेका छन् ।उनले अग्रिम टिकटको बिक्री तत्कालका लागि रोकिएको र अहिलेको अवस्थामा थप टिकट दिन नसकिने समेत स्पष्ट पारे ।
सडक डिभिजन कार्यालय भरतपुरले सडक अझै अवरुद्ध नै रहेकोले वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नु अनुरोध गरेको छ । नौबिसे–दामन–हेटौडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) हुँदै यात्रा गर्न आग्रह गरिएको हो ।







Discussion about this post