पाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो। बुधबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो।
यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर नबढाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार...
Read more
Discussion about this post