अभिनेत्री दीपिका पादुकोण यो समयमा बलिउडकी सबैभन्दा चर्चित स्टार हुन् । दुई दशकदेखि सक्रिय उनी धेरै कमाउने मध्येकी अभिनेत्रीको सूचीमा सामेल छिन् ।
उनी हालै हलिउडको ‘वाक अफ फेम’ सम्मान प्राप्त गर्ने पहिलो भारतीय कलाकार बनिन् । यस्तोमा, उनले अर्को कीर्तिमान रचेकी छन् ।
उनको एक इन्स्टाग्राम रिल्सलाई १ अर्ब ९० करोड पटक हेरिएको छ, जुन विश्व कीर्तिमान हो । उनलाई इन्स्टाग्राममा मात्र ८ करोड जनाले पछ्याएका छन् ।
दीपिकाले यसअघि क्रिकेटर हार्दिक पाण्ड्याको १.६ बिलियन भ्यूजको रिल्स र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डाको ५०३ मिलियन भ्यूज भएको रिल्सको कीर्तिमानलाई समेत उछिनेकी छन् ।दीपिकाको सबैभन्दा धेरै हेरिएको हिल्टन होटलमा बनाइएको एक रिल्स हो । यो रिल्स निर्माणमा हिल्टन होटल र दीपिकाले पेड पार्टनिरसिप गरेका हुन् ।
Discussion about this post