नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको १ लाख ९६ हजार ६ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Discussion about this post