साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार राताम्मे भएको छ ।
आज नेप्से परिसूचक ४७.९३ अंक(१.५९ प्रतिशत) ले घटेर २९५४.१४ बिन्दुमा पुगेको छ ।
बुधबार १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीहरुमध्ये २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२६ को घटेको छ । आज सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।
Discussion about this post