एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक हुँदा ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार जम्मा विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएका हुन् ।
२०८१ चैत ७ गते देखि भएको परीक्षामा नियमित तर्फ ४ लाख ३१ हजार चार सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार सात सय १५ सहित चार लाख ९९ हजार एक सय ८३ विद्यार्थी सहभागी भएका थिए ।
Discussion about this post