साताको कारोबारको तेस्रो दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव २२ अंकले घटेर २६०० दशमलव ५३ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१६ कम्पनीका ६२ हजार ७५५ पटकको कारोबारमा एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ रहेको छ ।१०७ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ । आज बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
Discussion about this post