HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मंगलवार गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र

जप्नुहोस् ११ मन्त्र

हो खबर by हो खबर
२ महिना अगाडि
in धर्म
0
मंगलवार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ ।

मंगलवार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ ।

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मंगलवार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ। मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन। मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ। गणेशजीलाई सबैभन्दा बढी मन पर्ने भोजन लड्डु हो। यसबारे पद्मपुराणमा एउटा कथा छ:-

पूर्वकालमा पार्वतीदेवीलाई देवताहरूले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए। लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले। तब माताले लड्डुको महत्वको वर्णन गरेर भनिन् कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु।

माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आए। यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ भए। तब गणेशजीले श्रद्धापूर्वक मातापितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिए।

यो देखेर माता पार्वतीले भनिन्, ‘सबै तीर्थमा गरेको स्नान, सबै देवतालाई गरेको नमस्कार, सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत, मन्त्र, योग र संयमको पालन यी सबै साधनाहरू मातापिताको पूजाको अंशको बराबर पनि हुन सक्दैन।’

त्यसकारण गणेशजी सयौँ पुत्रहरू र सयौँ गणहरूभन्दा पनि धेरै छन्। त्यसैले उनलाई गणनायक पनि भनिन्छ। पार्वतीले सो लड्डु गणेशलाई अर्पण गरिन्। त्यसकारण यो लड्डुसँग मातापिताको भक्ति पनि जोडिएको छ। हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको मातापिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ। उनको साथमा रहने लड्डु यसैको प्रतीक हो।

‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ। तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन्। भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो। उनी सबै बिघ्नबाधाहरुको निवारक पनि हुन्। उनले सबै कार्यहरू निर्विघ्न गराउँछन्। भगवान गणेशको अर्को नाम ‘विनायक’ पनि हो विनायकको अर्थ अरु कोही नायक छैन, उ नै सर्वश्रेष्ठ नायक हो भन्ने बुझिन्छ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि मानिन्छन्। हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ। गणेशजी हाम्रो सोच , चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उनी गुणहरूको खानी छन्। उनमा सबै गुण र शक्तिहरू शोभायमान छ। उनी देवताहरूमध्ये गुणको देवता मानिन्छन्।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ।

१) श्री गणेशाय नमः

२) ॐ श्री गणेशाय नमः

३) गं गणपतये नमः

४) ॐ गं गणपतये नमः

५) ॐ गं ॐ गणाधिपतये नमः

६) ॐ सिद्धि विनायकाय नमः

७) ॐ गजाननाय नमः

८) ॐ एकदंताय नमो नमः

९) ॐ लम्बोदराय नमः

१०) ॐ वक्रतुंडाय नमो नमः

११) ॐ गणाध्यक्षाय नमः

Tags: hokhabarnepal
Previous Post

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र ५ गते सोमवार, हेर्नुहोस : राशिफल

Next Post

आज पश्चिमी र स्थानीय वायुको प्रभाव यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

शनिबार शनिदेवको पूजा गर्नुहोस्

by हो खबर
३ घण्टा अगाडि
0

शनिबार शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही...

Read more

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ३ गते शनिवार, हेर्नुहोस : राशिफल

३ घण्टा अगाडि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

१ दिन अगाडि

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ २ गते शुक्रवार, हेर्नुहोस : राशिफल

१ दिन अगाडि

बिहीबार भगवान विष्णुको पूजा

२ दिन अगाडि
Next Post

आज पश्चिमी र स्थानीय वायुको प्रभाव यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

Discussion about this post

भर्खरै

  • शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ३ गते शनिवार, हेर्नुहोस : राशिफल
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ २ गते शुक्रवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ३ गते शनिवार, हेर्नुहोस : राशिफल
    ३ घण्टा अगाडि
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
    ३ घण्टा अगाडि
  • शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.