HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दर्ता नभए फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ-सञ्चारमन्त्री गुरुङ

अप्सरा आचार्य by अप्सरा आचार्य
५ महिना अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बत‍ाए ।

मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश गरिएको उनले बताए ।

उनले केहीले विरोध शुरु गरेको भएपनि लोकतन्त्रमा बिरोध हुनु स्वभाविक रहेको बताए । मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताए ।

देशको बारेमा मनपरी भन्न पाउने कुरा नै लोकतन्त्र हो भनेर कसैले भने त्यो स्वीकार्य नहुने बताए । जनताको सूसुचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सरकार सचेत रहेको बताए । उनले जनताको अभिव्यक्ति स्वतन्त्रता र वाकस्वतन्त्रताको प्रत्याभुति हुनुपर्छ भन्नेमा सरकार गम्भीर रहेको बताए । अराजकतालाई अन्त्य र नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ थियो ।

लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाएर मात्रै नेपालीहरुको समृद्धिको यात्रा सहज हुने कुरालाई बुझेर नै विधेयक ल्याइएको उल्लेख गरे ।

उनले भने,’धेरैको माग के छ भने यो सोसल मिडियालाई रेगुलेट गर्दिनुपर्यो मन्त्रीज्यु भन्ने छ । यो मनपरी गर्ने, मनपरी भन्नेकुरा लोकतन्त्र होइन होला नि त । त्यसैले हामीले सोसल मिडिया प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक हामीले पेश गरेका छौँ । बिरोध अलिअलि शुरु भएको छ । लोकतन्त्रमा बिरोध त भइहाल्छ । छलफल त भइहाल्छ । हामीले सबै चिज, समाचारको फिसिङ गर्ने, मिसिङ गर्ने, समाचारको बुलिङ गर्ने, त्यहाँ केके भन्छन् नि । त्यो सबै गर्न पाइँदैन । यो नेशनल युनिटी, नेशनल सुभरिनिटी, हाम्रो नेशनल इन्टिग्रिटी, नेशनल इन्टिबिटी यो भत्काउने काम कसैले गरेको छ भने त्यो अपराध हो ।’

सञ्चारमन्त्री गुरुङले देशमा साइबर क्राइमका घटनाहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको बताए । उनले आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र चालु अधिवेशनमै पेश गर्ने प्रतिवद्धता जनाए । उनले कुनैपनि सामाजिक सञ्जालहरु सरकारमा दर्ता नभएको खण्डमा प्रतिवन्ध गर्ने चेतावनी दिए । उनले अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताउनु भयो । नेपालमा उनीहरुले आफ्नो प्लेटफर्म चलाएबापत सहयोग गर्नुपर्ने बताए । टिकटकले नेपालको पर्यटन प्रवद्धन लागि सहयोग गरिरहेको उनको भनाइ छ ।

Previous Post

क्यान्सर लाग्नै नदिन के गर्ने ? जानौं यी उपाय १०

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज माघ २४ गते बिहिवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

by अप्सरा आचार्य
२ दिन अगाडि
0

पछिल्लो पटक सार्वजनिक भएको ‘भिजिट भिसा प्रकरण’ का कारण खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई जाने हवाई भाडा...

Read more

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा- दुईतर्फी सवारी साधन आवतजावत

६ दिन अगाडि

इरानमा रातभर इजरायली हमला-इन्टरनेट सेवा अझै अवरुद्ध

१ हप्ता अगाडि

बर्खा सुरू भएसँगै नारायणगढ -बुटवल सडक खण्डको यात्रा कष्टपूर्ण

१ महिना अगाडि

१९ गतेदेखि देशैभरि सार्वजनिक यातायात ठप्प पार्ने घोषणा

१ महिना अगाडि
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज माघ २४ गते बिहिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
    ९ घण्टा अगाडि
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
    ८ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १६ घण्टा अगाडि
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    ८ घण्टा अगाडि
  • अर्घाखाँचीमा जिप दुर्घटना
    ९ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.