HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’

अप्सरा आचार्य by अप्सरा आचार्य
५ महिना अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले विवाह गर्न हतार गरेको स्वीकार गरेकी छन् । कसैले विवाह गर्दा डिभोर्स हुन्छ भनेर नगर्ने बताउँदै उनले धेरै सोचेर नै यो निर्णय लिएको खुलाएकी छन् । उनले भनेकी छन्, ‘कसैले बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । हिन्दु संस्कार अनुसार त झन् ७ जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ । कसैको आमाबाबुले छोरीको डिभोर्स होस् भन्ने चाहँदैनन् । हामीले सोचेर नै यो निर्णय लिएका हौँ, दुई जना र दुई जनाको परिवारबिच कुरा गरेर ।’ अदालतको कुरा कसरी बाहिर आयो भन्ने कुरा पनि उनले आश्चर्य व्यक्त गरेकी छन् । ‘कति कुरा इच्छा भन्दा पनि जरुरी हुँदो रहेछ । मनमुटाब हुँदा पछि ठुलो दुर्घटना हुँदा झन् नराम्रो हुन्छ । अहिले केही बिग्रेको थिएन ।’ प्रेम सम्बन्ध हुँदा पनि आफूहरूबिच खटपट हुने गरेको भए पनि पछि त्यो ठिक हुन्छ भन्ने ठानेर आफूले विवाह गरेको उनको भनाई छ । तर, समय बित्दै जाँदा आफूले सहन नसेको उनको जिकिर छ ।हाम्रो प्रेम विवाह हो । प्रेम सम्बन्ध हुँदा पनि हाम्रो धेरै खटपट हुन्थ्यो । मैले सहन्छु चुप लाग्छु एक दिन ठिक हुन्छ भन्ने सोचे । उहाँले पनि यतिको सहने केटीसँग मेरो जिन्दगी चल्छ भनेर बिहे गर्नुभयो,’ चौहानले भनेकी छन्, ‘समय बित्दै जाँदा मैले सहन सकिनँ । उहाँले भनेजस्तो मैले सबै पूरा गर्न सकिनँ ।’उनले यस प्रकरणमा आफ्नो पतिलाई गाली नगर्न पनि आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘आफूले माया गरेको मान्छेलाई कसैले गाली गर्दा आफूले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ । मलाई साथ दिनुहोस् तर उहाँलाई नराम्रो नभन्नु होला । बरु मलाई गर्नुहोला । खरानी भएको मान्छेलाई आगोसँग डर हुँदैन ।’

Previous Post

गुल्मीमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

Next Post

माघ २० गतेदेखी २६ गते सम्म हेर्नुहोस साप्ताहिक : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित

by अप्सरा आचार्य
१ हप्ता अगाडि
0

कमेडियन कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजन सुरु भएको छ। अभिनेता सलमान खान यस कार्यक्रमको पहिलो...

Read more

फिल्म हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ – अन्जना बराईलि

१ महिना अगाडि

ऊनको स्वीटर’ फिल्मले अहिले सम्म कति कमायो ?

१ महिना अगाडि

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

२ महिना अगाडि

प्रेमलाई विवाहमा परिणत गरिन् शाहले

२ महिना अगाडि
Next Post

माघ २० गतेदेखी २६ गते सम्म हेर्नुहोस साप्ताहिक : राशिफल

Discussion about this post

भर्खरै

  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    १० घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    १० घण्टा अगाडि
  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
    ३ घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    ३ घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.