HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सरकारी कर्मचारीले तीन महिनामा अनिवार्य रूपमा आफ्नो कम्प्युटरको पासवर्ड परिवर्तन गर्नुपर्ने, गेम डाउनलोड गर्न निषेध

अप्सरा आचार्य by अप्सरा आचार्य
५ महिना अगाडि
in सूचना/प्रबिधि
0
Computer security concept

Computer security concept

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कारी कर्मचारीहरूका लागि साइबर सुरक्षा एड्भाइजरी जारी भएको छ । सरकारी कार्यालयमा हुने विभिन्न किसिमका साइबर सुरक्षा जोखिम न्युनीकरण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एड्भाइजरी जारी गरेको हो ।

यसअनुसार अब हरेक सरकारी कर्मचारीले तीन महिनामा अनिवार्य रूपमा आफ्नो पासवर्ड परिवर्तन गर्नुपर्नेछ । वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, प्रिन्टर लगायतका विषयमा सुरक्षा निर्देशन दिइएको छ ।

कर्मचारीले नियमित सफ्टवेयर अपडेट गर्ने, बलियो पासवर्ड राख्ने, शङ्कास्पद ईमेल र लिङ्क नखोल्ने तथा सार्वजनिक स्थानमा मोबाइल चलाउँदा सावधानी अपनाउनुपर्ने सल्लाह दिइएको छ । साथै, आफ्नो डेटाको नियमित ब्याकअप राख्न सुझाव दिइएको छ । कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायमा खबर गर्नुपर्ने छ ।

एड्भाइजरीमा केके छन् ?

क. सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर स्टोरेज तथा नेटवर्क सुरक्षा सम्बन्धी

१. कार्यालयको वेबसाइट नियमित रूपमा अपडेट गर्ने र समयानुकूल सुरक्षित फ्रेमवर्क व्यवस्थापन गर्ने, साथै वेबसाइट सेक्युरिटी अडिट गर्ने तथा देखिएका समस्यालाई तुरुन्त समाधान गर्ने ।

२. आफ्नो निकायको डेटाको नियमित रूपमा ब्याकअप तथा आर्काइभ गर्नका साथै बिजनेस कन्टिन्युटी प्लान तयार गरी लागू गर्ने ।

३. जेनुइन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरहरू मात्र प्रयोग गर्ने व्यवस्था मिलाउने ।
४. कार्यालयमा प्रयोग भएका एन्टी-भाइरस, डेटाबेस, एप्लिकेसन लाइब्रेरिज, अपरेटिङ सिस्टम, नेटवर्क डिभाइस, सेक्युरिटी डिभाइस, सर्भर आदिलाई नियमित रूपमा स्क्यान र अपडेट/प्याचिङ गर्ने व्यवस्था मिलाउने ।

५. आ-आफ्नो निकायमा प्रयोग भइराखेका साइबर सुरक्षाका उपकरणहरू (जस्तै फायरवाल, डब्ल्यूएएफ, आइपीएस/आइडीएस) को प्रयोग गर्दा उचित कन्फिगरेसन तथा सेक्युरिटी हार्डन गरी मात्र प्रयोग गर्ने ।

६. पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने गरी सुरक्षित पासवर्ड (नन-ट्रिभियल पासवर्ड नीति अनुसार) राख्ने र तीन-तीन महिनामा परिवर्तन गर्नुपर्ने गरी प्रणालीमा व्यवस्था गर्ने ।

७. नयाँ सूचना प्रविधि प्रणालीको विकास गर्दा अनिवार्य रूपमा प्रत्येक चरणमा सुरक्षा परीक्षण गरेर मात्र प्रयोगमा ल्याउने ।

८. आ-आफ्नो निकायमा प्रयोग भइरहेका सूचना प्रविधि प्रणालीको कम्तीमा पनि वर्षको एक पटक अनिवार्य रूपमा सुरक्षा जाँच (सेक्युरिटी अडिट) गर्ने व्यवस्था मिलाउने र प्रणाली प्रयोगको अडिट लग रहने व्यवस्था मिलाउने ।

९. सरकारी निकायहरूद्वारा विकास गरिएका सूचना प्रविधि प्रणालीको सोर्स कोड अपडेट गरी सुरक्षित राखे ।

१०. आफ्नो निकायमा प्रयोग भइरहेका ईमेल लगायतका सूचना प्रविधि प्रणालीहरूमा मल्टी-फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने ।

११. ईमेल सुरक्षाको लागि ईमेल सर्भिस प्रोभाइडरले प्रदान गरेको सेक्युरिटी फिचर्स लाई इनेबल गर्ने ।

१२. व्यवस्थापन सूचना प्रणाली/पूर्वाधारमा ‘Need to Know’ र ‘Least Privilege’ को सिद्धान्त लागू गरी प्रयोगकर्तालाई आवश्यकता अनुसारको मात्र जानकारी र पहुँच प्रदान गर्ने व्यवस्था मिलाउने ।

१३. अनावश्यक युजर अकाउन्टहरूको निष्क्रिय गर्ने, अत्यावश्यक परेको बेला मात्र रुट अकाउन्टको सीमित प्रयोग गर्ने ।

१४. सर्भरको पहुँच र गतिविधिहरूको ट्र्याक गर्नको लागि सिस्टम लग र सर्भर लग इनेबल गर्ने र अनियमित गतिविधिहरूको निगरानी राख्ने ।

१५. सम्भव भए सम्म डोमेन कन्ट्रोलर/एक्टिभ डाइरेक्टरीको व्यवस्था गरी कार्यालयमा रहेका सबै कम्प्युटर उपकरणलाई सेन्ट्रलाइज्ड म्यानेजमेन्ट गर्ने व्यवस्था मिलाउने ।

१६. कार्यालयका कम्प्युटरमा आवश्यक यूएसबी पोर्टहरू मात्र इनेबल गर्ने र कार्यालयद्वारा प्रदान गरिएका वा स्वीकृत रिमुभेवल उपकरण मात्र कम्प्युटरमा जोड्न मिल्ने गरी सुरक्षाको व्यवस्था मिलाउने ।

१७. महत्त्वपूर्ण डेटा र सेवाहरूसँग सम्बन्धित सर्भर र अन्य नेटवर्क उपकरणलाई सुरक्षित बनाउन नेटवर्क सेगमेन्टेसन लागू गर्ने ।

१८. वेबसाइट तथा एप्लिकेसनमा अनिवार्य रूपमा एसएसएल सर्टिफिकेट इन्स्टल गर्ने व्यवस्था मिलाउने ।

१९. संवेदनशील सूचना रहने क्षेत्र (डेटासेन्टर/सर्भर रुम) हरूमा अनधिकृत पहुँच हुन नदिनको लागि एक्सेस कन्ट्रोल /डोर लक सिस्टमको व्यवस्था मिलाउने ।

२०. भौतिक सुरक्षाको लागि आइपी क्यामेरा सहितको सर्भिलेन्स प्रणालीको जडान गरी अनुगमनको व्यवस्था मिलाउने ।

२१. सूचना प्रविधि सम्बन्धी कार्य गर्ने सम्बन्धित कर्मचारीहरूको लागि नियमित रूपमा डेटा/एप्लिकेसन/नेटवर्क/क्लाउड सेक्युरिटी लगायतका साइबर सुरक्षा सम्बन्धी तालिम प्रदान गर्ने व्यवस्था मिलाउने ।

 

ख. कार्यालयमा रहेका डेस्कटप / ल्यापटप र प्रिन्टर सुरक्षा सम्बन्धी

१. जेनुइन लाइसेन्स भएका अपरेटिङ सिस्टम तथा सफ्टवेयर हरू मात्र प्रयोग गर्ने, नियमित कार्यको लागि कम्प्युटर/ल्यापटप प्रयोग गर्दा केवल स्ट्यान्डर्ड प्रयोगकर्ता (नन एडमिनिस्ट्रेटर) अकाउन्टबाट मात्र प्रयोग गर्ने र सबै अकाउन्टमा स्ट्रोङ पासवर्ड सेट गर्ने ।

२. अपरेटिङ सिस्टम र बायोस फर्मवेयरलाई नयाँ अपडेट/प्याच हरूलाई स्वचालित रूपमा विश्वसनीय स्रोतबाट अद्यावधिक हुनसक्ने गरी सेट गर्ने ।

३. कम्प्युटर/ल्यापटपको बुटिङको लागि बायोस पासवर्ड समेत सेट गर्ने ।

४. कम्प्युटर/ल्यापटपमा एन्टिभाइरस क्लाइन्ट इन्स्टल गरी सोलाई सबैभन्दा नयाँ भाइरस डेफिनेसन, सिग्नेचर र प्याचहरूमा अपग्रेड गर्ने ।

५. डेस्कटप / ल्यापटप प्रयोग गर्नु नपर्ने अवस्थामा सधैं लक/लगअफ गर्ने तथा कार्यालय छोड्दा डेस्कटप/ल्यापटप लगायतका उपकरणहरूलाई अनिवार्य रूपमा बन्द (प्रपर सटडाउन) गर्ने ।

६. डेस्कटप/ल्यापटप र मोबाइल फोनमा आवश्यक पर्दा बाहेक जीपीएस, ब्लुटुथ, एनएफसी र अन्य सेन्सर हरूलाई डिसेबल राख्ने ।

७. प्रिन्टरको सफ्टवेयरलाई लेटेस्ट एभलेबल भर्सनको अपडेट/प्याच हरूसँग अद्यावधिक गर्ने ।

८. कार्यालयका शेयर्ड प्रिन्टरहरूमा युनिक पासवर्ड सेट गर्ने साथै प्रिन्टरलाई इन्टरनेटको पहुँच नहुने गरी सेट गर्ने ।

९. प्रिन्टरमा प्रिन्ट हिस्ट्री भण्डारण गर्न निषेध गर्ने ।

१०. युएसबी, एक्सटर्नल हार्ड-डिस्क लगायतका प्लग एण्ड प्ले डिभाइस हरूको प्रयोग गर्दा हरेक पटक सेक्युरिटी स्क्यानिङ गरी सुरक्षित रहेको एकीन गरेर मात्र प्रयोग गर्ने ।

११. डेटा सेन्टरमा रहेका आइसिटी इन्फ्रास्ट्रक्चर सँग रिमोट एक्सेस गर्न हार्डवेयर वीपीएन/सफ्टवेयर भीपीएन प्रयोग गर्ने ।

१२. पासवर्ड, आईपी एड्रेस, नेटवर्क डाइग्राम वा अन्य संवेदनशील जानकारीलाई सम्बन्धित व्यक्ति बाहेक अरुले देख्ने/भेट्ने ठाउँमा नराख्ने ।

१३. आन्तरिक सरकारी दस्तावेजहरूको स्क्यानिङका लागि क्याम स्क्यानर जस्ता कुनै पनि बाह्य मोबाइल एपमा आधारित स्क्यानर सेवाको प्रयोग नगर्ने ।

१४. लाइसेन्स सफ्टवेयरको सूचीमा नपर्ने कुनै पनि पाइरेटेड अपरेटिङ सिस्टम/सफ्टवेयर/एप्लिकेसनको प्रयोग नगर्ने ।

१५. अति आवश्यक परेको बेलामा मात्र सीमित समय र सीमित प्रयोगकर्ताका लागि मात्र फाइल/फोल्डर शेयरिङ गर्ने ।

 

ग. पासवर्ड व्यवस्थापन तथा सुरक्षा सम्बन्धी

१. पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने गरी ठूला र साना अक्षरहरू, संख्या, तथा विशेष चिन्हहरूको संयोजन भएको कम्तीमा ८ क्यारेक्टरको सुरक्षित पासवर्ड (नन-ट्रिभियल पासवर्ड नीति बमोजिमको) राख्ने र प्रत्येक तीन-तीन महिनामा परिवर्तन गर्ने ।

२. घर परिवारका आफन्त, साथीभाइ आदिको नाम, मोबाइल नम्बर, फोन नम्बर , ठेगाना, जन्म मिति जस्ता सजिलै अनुमान लगाउन सकिने शब्दहरू पासवर्डको रूपमा प्रयोग नगर्ने ।

३. पासवर्ड बनाउदा शब्दकोषमा भएका शब्दहरूको मात्र संयोजन गरी नबनाउने ।

४. संवेदनशील डेटा/सूचना रहने प्रणालीहरूमा पहुँचको लागि अनिवार्य रूपमा मल्टी-फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने ।

५. एक भन्दा बढी सेवा, वेबसाइट तथा एप्लिकेसन (डिजिटल अकाउन्ट) मा एउटै पासवर्ड प्रयोग नगर्ने तथा पहिला नै प्रयोग भएको पासवर्ड लाई पुनः प्रयोग नगर्ने ।

६. कुनै पनि प्रणालीमा रहेको डिफल्ट पासवर्ड लाई तत्काल परिवर्तन गर्ने ।

७. पासवर्ड लाई अरू कसैलाई प्रदान नगरी गोप्य राख्ने र पासवर्ड लाई सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट आदान प्रदान नगर्ने ।

८. सिस्टम पासवर्ड, प्रिन्टर पासवर्ड वा वाई-फाई पासवर्ड कुनै पनि अनधिकृत व्यक्तिलाई शेयर नगर्ने ।

९. सम्भव भएसम्म अफलाइन ओटीपी अथेन्टिकेटर एप्लिकेसन (जस्तै गुगल अथेन्टिकेटर) को प्रयोग गर्ने ।

 

घ. इन्टरनेट ब्राउजिङ सुरक्षा सम्बन्धी

१. सरकारी एप्लिकेसन/सेवाहरू, ईमेल सेवाहरू, बैंकिङ/भुक्तानी सम्बन्धित सेवा वा कुनै महत्त्वपूर्ण सेवा/एप्लिकेसन पहुँच गर्दा सधैं प्राइभेट ब्राउजिङ/इन्कग्निटो मोड प्रयोग गर्ने ।

२. युजर लगइन आवश्यक पर्ने साइटहरूमा एक्सेस गर्दा लिङ्कमा क्लिक नगरी ब्राउजर को एड्रेस बार मा साइटको डोमेन नेम/यूआरएल म्यानुअली टाइप गर्ने ।

३. इन्टरनेट ब्राउजरको नवीनतम संस्करण प्रयोग गर्ने र यसलाई नियमित रूपमा अद्यावधिक राख्ने ।

४. ब्राउजरमा कुनै पनि युजरनेम र पासवर्ड सेभ नगर्ने ।

५. इन्टरनेट ब्राउजरमा कुनै पनि भुक्तानी सम्बन्धित जानकारी सुरक्षित नगर्ने ।

६. एनोनिमस थर्ड पार्टी सर्भिसेस जस्तैः नोर्ड भीपीएन, एक्सप्रेस भीपीएन, टोर, प्रोक्जिज आदिको प्रयोग नगर्ने ।

७. थर्ड पार्टी टुल्स तथा ग्याजेट्स जस्तैः डाउनलोड म्यानेजर, वेदर टुलबार, आस्कमी टुलबार आदिको प्रयोग नगर्ने ।

८. अनधिकृत वा पाइरेटेड सामग्री जस्तैः पाइरेटेड फिल्महरू, गीतहरू, ई-बुक्स, सफ्टवेयर आदि डाउनलोड नगर्ने ।

९. कार्यालयका कम्प्युटर/ल्यापटपमा कुनै पनि गेम इन्स्टल गर्न वा खेल्न नखोज्ने ।

१०. संक्षिप्त यूआरएल लिङ्कहरू (जस्तैः tinyurl.com/ab534) खोल्दा फिसिङ/मालवेयर पेजमा रिडाइरेक्ट गर्न सक्ने हुँदा सावधानी अपनाउने .

 

ङ. ईमेल तथा फिसिङ अट्याक सुरक्षा सम्बन्धी

१. अपरिचित व्यक्ति तथा संस्थाबाट आएका ईमेलहरू फिसिङ तथा स्पाम ईमेल हुन सक्ने हुँदा त्यसको अधिकारिकता पुष्टि नभएसम्म नखोल्ने ।

२. अपरिचित व्यक्ति वा ठेगानाबाट आएको शंकास्पद ईमेलको फाइल/फोटो अट्याचमेन्ट/लिङ्क लाई नखोल्ने ।

३. अपरिचित व्यक्ति वा ठेगानाबाट आएको ईमेल वा शंकास्पद ईमेललाई तत्काल स्पाम रिपोर्ट गरी डिलिट गर्ने ।

४. अत्यावश्यक बाहेकका वेबपेज/न्यूजलेटर/मेलिङ लिस्टहरूमा सब्सक्राइब नगर्ने

५. ईमेल, एसएमएस, फोन मार्फत आफ्नो पासवर्ड, ओटिपी, बैंक अकाउन्ट नम्बर, पिन कोड जस्ता विवरणहरू नपठाउने ।

६. ईमेल खातामा मल्टी-फ्याक्टर अथेन्टिकेसनलाई इनेबल गर्ने ।

७. बिजनेस ईमेल वा आफ्नो महत्त्वपूर्ण ईमेल पब्लिक हटस्पट/वाई-फाईबाट नखोल्ने ।

८. रिमोट्ली कम्पनीको ईमेल खोल्दा सेक्युर्ड भीपीएनको प्रयोग गरी सुरक्षित तवरले खोल्ने ।

९. सार्वजनिक स्थानमा राखिएको कम्प्यूटरबाट ईमेल लगइन गर्दा उक्त कम्प्यूटरमा भएको की-लगर को प्रयोग गरी युजरनेम तथा पासवर्ड चोरी हुन सक्ने भएकोले त्यस्ता कम्प्युटरबाट सकेसम्म लगइन नगर्ने, गर्नैपर्ने अवस्थामा पनि अन स्क्रिन किबोर्ड (ओएसके) को प्रयोग गर्ने ।

१०. ईमेल सुरक्षाको लागि ईमेल सर्भिस प्रोभाइडरले प्रदान गरेका सेक्युरिटी फिचरहरूलाई इनेबल गर्ने ।

११. ईमेल सेवाको ‘Login History’ Tab मा गएर विगतका लगइन गतिविधिहरू हेरी लगइन हिस्ट्री मा कुनै एनोमोली (असान्दर्भिक गतिविधि) देखिन्छ भने, तुरुन्तै सम्बन्धित निकायमा सम्पर्क गर्ने ।

१२. प्राप्त हुन आएको कुनै ईमेल वा वेबसाइट को विषयमा शंका लागेमा सम्बन्धित संस्थामा सम्पर्क गरी ईमेल पठाउने व्यक्ति वा संस्थाको राम्रोसँग पहिचान गरेर मात्र रिप्लाई/रेस्पोन्स गर्ने ।

१३. औपचारिक सञ्चारका लागि कुनै पनि अनधिकृत वा बाह्य ईमेल सेवा प्रयोग नगर्ने ।

१४. महत्त्वपूर्ण जानकारीहरू जस्तै:- आर्थिक प्रतिवेदन / बजेट विवरण / पासवर्ड / कर्मचारी विवरण आदि ईमेल मार्फत पठाउनै पर्ने हुँदा ईमेललाई पीजीपी (प्रिटी गुड प्राइभेसी) वा डिजिटल सर्टिफिकेट प्रयोग गरी इन्क्रिप्ट गरी पठाउने ।

१५. पुरस्कार (प्राइज), उपहार (गिफ्ट), चिठ्ठा (लोटरी) लगायत बिभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाइएको इमेल, सन्देश, फोन कल लगायतलाई रिप्लाई/रेस्पोन्स नगर्ने ।

१६. ईमेल मा पीडीएफ, टेक्स्ट, सीएसवी जस्ता स्ट्यान्डर्ड फर्म्याट बाहेकका ईएक्सई, वीबीएस जस्ता एक्सटेन्सन का फाइलहरू क्लिक नगर्ने ।

१७. आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन/सब-डोमेनबाट आएका ईमेलहरूलाई नखोल्ने ।

१८. कुनै पनि वेबसाइट को राम्रोसँग पहिचान नगरी लगइन क्रेडेन्सियल (युजरनेम एण्ड पासवर्ड), जन्ममिति, मोबाइल नम्बर, नागरिकता नम्बर लगायतका पर्सनल्ली आइडेन्टिफायबल इन्फर्मेसन (पीआईआई) हरू शेयर नगर्ने ।

१९. म्याक्रो फङ्गसन इनेबल भएका फाइलहरू डाउनलोड गर्दा वा खोल्दा सधैं “डिसेबल म्याक्रोज” विकल्प चयन गर्ने ।

 

च. रिमुभेवल मिडिया सुरक्षा सम्बन्धी

१. रिमुभेवल मिडिया प्रयोग गर्नुअघि यसलाई लो लेभल फर्म्याट गर्ने ।

२. रिमुभेवल मिडियाका सामग्रीलाई सुरक्षित रूपमा मेटाउने ।

३. रिमुभेवल मिडिया एक्सेस गर्नु अघि यसलाई एन्टिभाइरस सफ्टवेयर ले स्क्यान गर्ने ।

४. रिमुभेवल मिडियामा रहेका संवेदनशील फाइलहरू तथा फोल्डरहरू इन्क्रिप्ट गर्ने ।

५. रिमुभेवल मिडियामा रहने दस्तावेजहरूलाई स्ट्रोङ पासवर्ड ले सुरक्षित गर्ने ।

६. रिमुभेवल मिडियालाई कुनै पनि अनधिकृत डिभाइस मा प्लगइन नगर्ने ।

७. अनअथोराइज्ड वा अनआइडेन्टिफाइड सोर्सबाट प्राप्त रिमुभेवल मिडिया प्रयोग नगरी कार्यालयबाट प्रदान गरिएका वा स्वीकृत उपकरणहरू मात्र प्रयोग गर्ने ।

 

छ. सामाजिक सञ्जाल (सोसल मिडिया) सुरक्षा सम्बन्धी

१. सामाजिक सञ्जाल र नेटवर्किङ साइटहरूमा व्यक्तिगत जानकारीको प्रयोग र प्रचार सीमित र नियन्त्रित रूपमा मात्र गर्ने ।

२. कुनै फ्रेन्ड रिक्वेस्ट/फलो रिक्वेस्ट/च्याट रिक्वेस्ट स्वीकार गर्नु अघि व्यक्तिको भेरिफिकेसन सधैं जाँच गर्ने ।

३. सोसल मिडिया अकाउन्टमा मल्टी फ्याक्टर अथेन्टिकेसन इनेबल गर्ने ।

४. कुनै पनि अञ्जान सम्पर्क वा प्रयोगकर्ताबाट पठाइएका लिङ्क वा फाइलमा क्लिक नगर्ने ।

५. कुनै पनि प्रमाणित नभएका तथा आन्तरिक सरकारी जानकारी वा दस्तावेजलाई सोसल मिडियामा पोस्ट, प्रकाशित वा शेयर नगर्ने ।

६. सरकारी ईमेल एड्रेसहरू सोसल मिडिया प्लेटफर्ममा शेयर नगर्ने ।

 

ज. मोबाइल सुरक्षा सम्बन्धी

१. मोबाइल अपरेटिङ सिस्टमलाई पछिल्लो अपडेट/प्याच लागू गरी सेक्युर गर्ने ।

२. वाई-फाई, जीपीएस, ब्लुटुथ, एनएफसी र अन्य सेन्सर हरू आवश्यकता अनुसार मात्र इनेबल गर्ने ।

३. मोबाइल एपहरू विश्वसनीय स्रोतहरू गुगल प्ले स्टोर (एन्ड्रोइड का लागि) र एप्पल एप स्टोर (आईओएस का लागि) बाट मात्र डाउनलोड गर्ने ।

४. मोबाइल एप डाउनलोड गर्नु अघि एपको लोकप्रियता जाँच गर्ने र प्रयोगकर्ताहरूका समीक्षाहरू पढी ब्याड रेपुटेसन भएका वा नकारात्मक समीक्षा भएका एपहरू डाउनलोड गर्दा सावधानी अपनाउने ।

५. कुनै पनि एप इन्स्टल गर्नु अघि एपले मागेको डिभाइस परमिशन को उद्देश्यलाई ध्यानपूर्वक पढी/बुझीमात्र एक्सेस अलाउ गर्ने ।

६. संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल फोन बन्द गर्ने वा सुरक्षित स्थानमा बाहिर राख्ने ।

७. अज्ञात स्रोतबाट आएका ब्लुटुथ पेयरिङ वा फाइल शेयरिङ अनुरोधहरू स्वीकार नगर्ने ।

८. कुनै पनि एप्लिकेसनले परमिसन माग्दा एप्लिकेसनसँग सम्बन्धित एक्सेस रिक्वेस्ट मेल खाएको /नखाएको विश्लेषण गरी मात्र एक्सेस एप्रुभ गर्ने (जस्तै, क्यालकुलेटर एप ले फोन एक्सेस माग्ने अवस्था) ।

९. फोनमा अनधिकृत पहुँच रोक्न पासकोड/सेक्युरिटी प्याटर्न को प्रयोग गरी स्वतः लक/किप्याड लक हुने व्यवस्था सक्रिय गर्ने, आफ्नो फोन र इन्टरनल/एक्सटर्नल मेमोरी कार्ड को नियमित रूपमा अफलाइन ब्याकअप गर्ने ।

१०. कम्प्युटरबाट मोबाइलमा डेटा ट्रान्सफर गर्नु अघि डेटालाई लेटेस्ट अपडेट भएको एन्टिभाइरस स्क्यान गर्ने ।

११. एसएमएस वा सामाजिक सञ्जालमार्फत साझा गरिएका आकर्षक अफर/छुट सम्बन्धी लिङ्क हरू खोल्दा सावधानी अपनाउने ।

१२. आफ्नो फोनमा अटोमेटिक डाउनलोड सुविधालाई निष्क्रिय राख्ने ।

१३. आफ्नो फोनमा सधैं लेटेस्ट एन्टिभाइरस सेक्युरिटी सोलुसन स्थापित र सक्रिय राख्ने ।

१४. मोबाइल हराएको वा चोरी भएको अवस्थामा उपयोगी हुन सक्ने उक्त उपकरणको १५-अङ्कको आईएमइआई नम्बर अफलाइन सुरक्षित राख्ने ।

१५. मोबाइल फोन हराएमा प्री-सेलेक्टेड नम्बरहरूमा मैसेज आउने लगायतका सुविधासहितको ट्र्याकिङ फिचर प्रयोग गर्ने ।

Previous Post

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

Next Post

दाङमा एनएमबी बैंकको शाखामा चोरी गर्ने एकजना पक्राउ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

by अप्सरा आचार्य
२ दिन अगाडि
0

पछिल्लो पटक सार्वजनिक भएको ‘भिजिट भिसा प्रकरण’ का कारण खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई जाने हवाई भाडा...

Read more

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा- दुईतर्फी सवारी साधन आवतजावत

६ दिन अगाडि

इरानमा रातभर इजरायली हमला-इन्टरनेट सेवा अझै अवरुद्ध

१ हप्ता अगाडि

बर्खा सुरू भएसँगै नारायणगढ -बुटवल सडक खण्डको यात्रा कष्टपूर्ण

१ महिना अगाडि

१९ गतेदेखि देशैभरि सार्वजनिक यातायात ठप्प पार्ने घोषणा

१ महिना अगाडि
Next Post
chor

दाङमा एनएमबी बैंकको शाखामा चोरी गर्ने एकजना पक्राउ

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
    ८ घण्टा अगाडि
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
    ८ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १६ घण्टा अगाडि
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    ७ घण्टा अगाडि
  • अर्घाखाँचीमा जिप दुर्घटना
    ९ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.