पाल्पामा असिना पानीले फूल खेल्दै गरेका सुन्तलालाई असर पुगे पनि यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार रुपैयाँ बराबरको सुन्तलाको कारोबार भएको छ । गत वर्ष भने सुन्तला बिक्रीबाट ४६ करोड ७ लाख ७२ रुपैयाँको कारोबार भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन हुने क्षेत्रफल बढेको छ भने किसानले मूल्य पनि बढी पाएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ करोड ६९ लाख १२ हजार बढीको सुन्तला बिक्री हुने निमित्त प्रमुख चौधरीले बताए । पाल्पामा दुई वर्षअघि भने ४३ करोड ३५ लाखको सुन्तलाको कारोबार भएको थियो ।
‘भैरव स्थान, कुसुमखोला र पालुङमैनादी क्षेत्रमा असिना र रोगले केही समस्या देखिए पनि अन्यत्र यस वर्ष सुन्तला उत्पादन बढेको छ,’ चौधरीले भने, ‘कतिपय स्थानमा कम फले पनि अधिकांश स्थानमा राम्रो फलेको छ र बजार भाउ राम्रो पाउँदा कारोबार बढेको छ । अघिल्लो वर्षको तुलनामा भाउ भने पाउन सफल भयो ।’ जिल्लामा दुई वर्षअघि नौ हजार ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । अघिल्लो वर्ष ८ हजार ८ सय ६१ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Discussion about this post