रातो रबर एक”, “रुमाल खस्छ की” जस्ता गीतसहित राजेश हमालसित म्युजिक भिडिओसमेत खेलेका बाल कलाकार सचिन परियारको बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ।
पिता तेजेन्द्र परियारले सचिनको निधनको पुष्टि गरेका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेका थिए ।
उपचारका संलग्न चिकित्सकहरूका अनुसार सचिन परियारको मस्तिष्कमा पानी जम्ने समस्या थियो । त्यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो । डाइबिटिज इन्सिपिडसको समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ । यो निकै दुर्लभ खालको समस्या हो ।यस्तै करिब ६ महिनाअघि टिचिङमा भर्ना भएर उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार पछिल्लो समय भने उनी संक्रमणका कारण भर्ना भएका थिए । अस्पताल भर्ना गर्दा उनी ‘सेप्टिक सक’मा थिए । त्यसको उपचार भइरहेकै समयमा उनको मृत्यु भएको हो ।
Discussion about this post