वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी छन् । उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
अमेरिकामा कार पोखरीमा डुब्दा २ नेपालीको मृत्यु
अमेरिकाको भर्जिनियामा एउटा कार जमेको हिउँमा भिप्लिएर दुर्घटना भइ चिसो पोखरीमा खसेर डुब्दा २ नेपालीको मृत्यु भएको छ । फेयरफ्याक्स...
Read more
Discussion about this post