पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
गोरखाको चुमनुब्री उपत्यकामा हिमपात भएको छ। त्यहाँ सोमवार अपरान्हदेखि हिउँ पर्न थालेको थालेको हो । अहिले पनि परिरहेको छ । हुम्लामा पनि सोमबार रातिदेखि हिमपात भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
मौसम भोलि बुधबारसम्म बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढन सक्ने अनुमान महाशाखाको रहेको छ ।
Discussion about this post