HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जापानले बनायो १५ मिनेटमै मान्छे धुने मेसिन

अप्सरा आचार्य by अप्सरा आचार्य
६ महिना अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

लुगा कपडा धुनका लागि वाशिङ मेसिनको प्रयोग त गर्नु भएकै होला । तर कुनैबेला मानिसलाई नै धुने वाशिङ मेसिन पनि आउला भन्ने कल्पना चाहिं गर्नुभएको थिएन सायद। तपाईंले सोच्दै नसोचेको यही मेसिन जापानले तयार गरेको छ ।

बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वाशिङ मेसिन निर्माण गरेको छ। यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ ।

यो मानव वाशिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरण्मा मात्र रहेको छ । निकट भविष्यमा यसलाई व्यवसायिक रुपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरुका लागि लञ्च गर्ने योजना कम्पनीको छ ।

जापानी सञ्चार माध्यम द असाही शिम्बुनका अनुसार यो मेसिन सन् १९७० को जापान वर्ल्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ । त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी (जुन अहिले प्यानासोनिक कम्पनी बनेको छ) ले एउटा अण्डाकार अल्ट्रासोनिक बाथ सार्वजनिक गरेको थियो ।

यो मेसिनमा कुनै व्यक्ति बस्दा त्यो अटोमेटिक रुपमा तातो पानीले भरिन्थ्यो । त्यसमा अल्ट्रासोनिक तरंग तथा मसाजको सुविधा पनि थियो र पछि पानी आफै निस्किन्थ्यो । यद्यपि अल्ट्रासोनिक बाथ त्यो बेला लोकप्रिय बन्न सकेन ।

तथापि यसले एकजना बालकलाई भने निश्चित रुपमा प्रेरित गर्यो। ती बालकको नाम थियो यासुआकी ओयामा, जो अहिले साइन्स कम्पनीका अध्यक्ष हुन् ।

जापानको हस्पिटालिटी बजारका लागि बाथरुमका स्नानसम्बन्धी उपकरणहरु बनाउने साइन्स कम्पनीले बनाएको मानव वाशिङ मेसिनको नाम मिराइ निंगेन सेन्टाकुकी हो । आगामी अप्रिल महिनामा हुने प्रदर्शनीमा यो मेसिन पहिलोपटक सार्वजनिक गरिनेछ ।

यो मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा सेन्सर रहेको छ जसले मानिसको सरीरको अवस्था हेरिकन ठिक्कको तापक्रमको पानी छाड्दछ ।

साथै नुहाउने बेलामा सम्बन्धित व्यक्तिले पारदर्शी खोलमा विभिन्न खालका आनन्ददायक भिडियोहरु पनि हेर्दछ ।

कम्पनीले तयार पारेको मानिस धुने वाशिङ मेसिनले स साना माइक्रो बबल्स छाड्दछ जसले उत्कृष्ट सफाइमा सहयोग गर्दछ । यो मेसिनले भविष्यमा स्नानको अनुभवलाई बदल्ने क्षमता राख्दछ र आधुनिक प्रविधिको साथमा सफाइ प्रक्रियालाई स्वचालित तथा कुशल बनाउने दाबी कम्पनीले गरेको छ ।

यो मेसिन निर्माणको परियोजना करिब ७० प्रतिशत सम्पन्न भैसकेको कम्पनीका अध्यक्ष तथा यसका परिकल्पनाकार आयोमा बताउँछन् । भविष्यमा यो मेसिन अन्य आम घरायासी विद्युतीय उपकरण जस्तै आम प्रचलनमा आउने विश्वास पनि उनको छ ।

Previous Post

धेरै मात्रामा नुनको सेवन गर्दा शरीरलाई फाईदा कि बेफाईदा ?

Next Post

दोहोरो अंकले घट्यो नेप्से

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

जापानले बनायो वृद्धवृद्धाको डाइपर फेर्ने, मोजा लाइदिने र लुगा धोइदिने एआई रोबोट

by अप्सरा आचार्य
३ महिना अगाडि
0

एआईद्वारा सञ्चालित एक रोबोटले वृद्ध-वृद्धाको हेरचाह गर्ने तरिका प्रदर्शन गरेको छ । जापानको राजधानी टोकियोमा हालै गरिएको एक परीक्षणमा उक्त...

Read more

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

३ महिना अगाडि

दर्ता नभए फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ-सञ्चारमन्त्री गुरुङ

३ महिना अगाडि
Computer security concept

सरकारी कर्मचारीले तीन महिनामा अनिवार्य रूपमा आफ्नो कम्प्युटरको पासवर्ड परिवर्तन गर्नुपर्ने, गेम डाउनलोड गर्न निषेध

४ महिना अगाडि

लुम्बिनी अस्पतालमा प्रसूति शल्यक्रिया सहजका लागि तीन वटा शल्यक्रिया कक्षा थप

४ महिना अगाडि
Next Post

दोहोरो अंकले घट्यो नेप्से

Discussion about this post

भर्खरै

  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
  • देशका यी स्थानमा हुने छ वर्षा
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ४ गते आइतवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
    ५१ मिनेट अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
    ६० मिनेट अगाडि
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
    ५५ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.