दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ ले २४ घण्टामा सबैभन्दा बढी हेरिने तेस्रो भारतीय ट्रेलरको रेकर्ड राखेको छ । आइतबार रिलिज भएको ट्रेलरले २४ घण्टामा सबैभन्दा बढी हेरिने भारतीय ट्रेलरको रेकर्ड कायम गरेको हो ।
२४ घण्टामा सबैभन्दा बढी हेरिने भारतीय ट्रेलरको शीर्ष स्थानमा ‘सलार’ छ । यसले २४ घण्टामा ११ करोड ३२ लाख भ्युज पाएको थियो । दोस्रो स्थानमा १० करोड ६५ लाख भ्युजका साथ ‘केजीएफ च्याप्टर २’ रहेको छ । त्यसैगरी १० करोड २० लाख भ्युज पाएर ‘पुष्पा २’ ले तेस्रो स्थान सुरक्षित गरेको छ ।
हिन्दी, तेलगु र बङ्गाली गरी तीन भाषामा ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक भएको थियो । भव्य कार्यक्रम आयोजना गरी निर्माता टोलीले यसको ट्रेलर सार्वजनिक गरेको थियो । सार्वजनिक भएको २४ घण्टामा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनित यस चलचित्रको तेलगु भर्सनले नयाँ रेकर्ड राखेको छ ।
यस चलचित्रको ट्रेलरले तेलुगुमा २४ घण्टामा सबैभन्दा बढी भ्युज पाउने ट्रेलरको रेकर्ड राखेको हो । यसअघि महेश बाबुको चलचित्र गन्तार कारमले राखेको रेकर्ड तोड्दै ‘पुष्पा २’ ले नयाँ रेकर्ड कायम गरेको हो । उक्त ट्रेलरले २४ घण्टामा तीन करोड ७० लाख बढी भ्युज पाएको थियो । तेलगु अल्लु अर्जुनको ‘पुष्पा २’ ले २४ घण्टामा चार करोड ३० लाख बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको हो ।
Discussion about this post