झापामा जन्मदिन मनाउन केक र मासु लिन बजार गएका हजुरबुवा नातीनिको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।
नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए। बर्थडे केक र मासु लिएर फर्कदै गर्दा काठमाडौं जान लागेको रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो ।
बर्थडे केक र मासु सडकभरि छरिएको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।
दुर्घटनामा परी कमल गाउँपालिका- ३ निवासी ६० वर्षीय टेक बहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको बुधबार साँझ मृत्यु भएको हो।
Discussion about this post