HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

अप्सरा आचार्य by अप्सरा आचार्य
३ दिन अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार करिब अन्तिम चरणमा पुगेको छ ।

पटक–पटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन नसकेर आलोचित बनेको यो आयोजनाको भौतिक प्रगति अहिले ७६ प्रतिशत पुगेको छ ।

आयोजनाका अधिकारीहरूले पछिल्लो समय कामको गति बढाउँदै लगिएको दाबी गरेका छन् । आगामी साउन महिनासम्म सडकको काम सकिनेछ र वर्षौँदेखि यात्रुले भोग्दै आएको विशेष गरी दाउन्ने खण्डको कष्टकर यात्रा इतिहास बन्ने दाबी छ । आयोजनास्थलमा अहिले जनशक्ति र उपकरणको परिचालन व्यापक बनाइएको छ, जसले निर्धारित समयमै काम सक्ने आधार खडा गरेको अधिकारीहरूको भनाइ छ ।एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७५ चैत ८ गते सम्झौता भएर सुरु भएको यो आयोजनाको सुरुवाती म्याद २०७९ साउन २२ गतेसम्म थियो । तर, कोभिड महामारी, रुख कटानमा ढिलाइ, र निर्माण व्यवसायीको सुस्तताका कारण तोकिएको म्यादमा काम सम्पन्न हुन सकेन ।

विकास निर्माणका आयोजनामा प्रायः बजेट अभावको गुनासो सुनिने गरे पनि यस आयोजनामा भने आर्थिक समस्या नरहेको बताइएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित यो प्राथमिकता प्राप्त आयोजना हो । यसको रकम अन्यत्र रकमान्तर गर्ने, बजेट फ्रिज हुने वा नआउने समस्या छैन । तर तोकिएको म्यादमा सम्पन्न हुन नसकेर पटक–पटक म्याद थप गर्नुपरेको छ ।

पहिलो पटक थपिएको म्याद (२०८१ साउन ८) मा पनि काम नसकिएपछि दोस्रो पटक २०८२ साउन ८ सम्म म्याद थपियो । यो अवधिमा पनि काम पूर्ण नभएपछि तेस्रो पटक म्याद थपेर २०८३ साउनसम्म पुर्‍याइएको छ । तर आयोजनाले भने अब म्याद थपको आवश्यकता नपर्ने र तोकिएको समयभित्रै ‘टेकिङ ओभर’ गर्ने लक्ष्य राखेको छ ।

कुल ११४ किलोमिटर लामो यो सडकलाई नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर (पूर्वी खण्ड) र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर (पश्चिम खण्ड) गरी दुई प्याकेजमा विभाजन गरेर काम भइरहेको छ ।

१६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागतमा विस्तार भइरहेको यो सडक सम्पन्न हुँदा ७० किलोमिटर चार लेन, २९ किलोमिटर सहरी क्षेत्रमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन र दाउन्नेको १४ किलोमिटर सडक तीन लेनको हुनेछ ।

  • पूर्वी खण्डमा साढे ४ किलोमिटर कालोपत्र हुन बाँकी

आयोजनाको पूर्वी खण्डमा हालसम्म ७६.६४ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । वित्तीय प्रगति पनि ६९ प्रतिशतको हाराहारीमा पुगेको छ । पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अब यो खण्डमा कालोपत्र गर्नुपर्ने काम निकै कम बाँकी छ ।

नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटरको पूर्वी खण्डमा करिब साढे ४ किलोमिटर सडक मात्र कालोपत्र गर्न बाँकी छ ।

खनालले रातोपाटीसँग भने, ‘जसमा दाउन्ने क्षेत्रमा ३ किलोमिटर र अरुणखोला तथा चोरमारा पुलको मुख (एप्रोच) तर्फ डेढ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । बाँकी खण्डमा कालोपत्र जोडिसकिएको छ र सडक सञ्चालनमा कुनै अवरोध छैन ।’

यस खण्डमा संरचनागत कामहरू पनि अन्तिम चरणमा छन् । कुल ३४ वटा पुलमध्ये ३३ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । १२ वटा ठुला र २२ वटा साना पुलमध्ये अब अरुणखोलाको पुल मात्र निर्माणको चरणमा छ । ८ वटा स्पान रहेको उक्त पुलमा ३ वटा स्पानको काम सकिएको र ५ वटा बाँकी रहेको जानकारी दिए । साथै इन्जिनियर खनालले आगामी २ महिनाभित्र यो पुल पनि पूर्ण रूपमा तयार हुने बताए ।

Previous Post

घट्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?

Next Post

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

by अप्सरा आचार्य
३ दिन अगाडि
0
1.2k

सुडानको कालोकी शहरमा रहेको एक मन्टेश्वरी स्कुललाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिका सहित कम्तिमा ५० जनाको मृत्यु भएको...

Read more

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

३ दिन अगाडि
1.2k

एनपीएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

५ दिन अगाडि
1.2k

प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारी, यस्तो छ कार्यतालिका

५ दिन अगाडि
1.2k

आज सार्वजनिक बिदा

६ दिन अगाडि
1.2k
Next Post

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

Discussion about this post

भर्खरै

  • (no title)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल
  • मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु
  • अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने
  • घट्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.