बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार थप बढेर तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २२० रुपैयाँ कायम भएको हो ।




Discussion about this post