नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनमा सुन मूल्यमा १७ हजार दुई सयको गिरावट देखिएको छ।
मंगलबार पनि सुन तोलामा दुई हजार ९०० रुपैयाँले घटेर दुई लाख ३७ हजारमा कारोबार भएको थियो।
सोमबार पनि सुन मूल्य तोलामा दुई हजारले घटेर प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको थियो।
आइतबार भने सुन मूल्यमा भारी गिरावट देखिएको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै आइतबार नेपाली बजारमा पनि सुन मूल्य तोलामा ११ हजार ६०० ले घटेको थियो।
आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्दा दुई लाख ४१ हजार ९०० मा कारोबार भएको थियो। त्यसअघि कात्तिक ३ गते सुन मूल्यले प्रतितोला दुई लाख ५३ हजार ५०० पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।



Discussion about this post