जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुनःनिर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने भएका छन्।
पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार भवन पुनःनिर्माणका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सो लागत विदेशमा रहेका युवाहरूले जुटाउने घोषणा गरेका छन्।
उनका अनुसार पार्टीले जलेकै भवनलाई पुनःनिर्माण गरेर पुनः पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै विभिन्न देशमा रहेका युवाहरूले फोन गरेर “कार्यालय हामी बनाइदिन्छौं” भन्ने प्रतिबद्धता जनाएका हुन्।
डा. अधिकारीले युवाहरूको यस योगदानलाई “देशभक्ति र पार्टीप्रतिको समर्पणको प्रेरणादायी उदाहरण” भन्दै धन्यवाद दिएका छन्।







Discussion about this post