HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

अप्सरा आचार्य by अप्सरा आचार्य
३ महिना अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साउनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘मोहर’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट फिल्ममा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ ।
अब, यसको निर्माणपक्षले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ ।

देशका ४ वटा हलमा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, किर्तिपुरको ‘किर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’मा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् ।

म्याङ्गोमा फिल्म हेर्नेमध्ये ३ जना, सिटी स्क्वायरमा फिल्म हेर्नेमध्ये २ जना, किर्तिपुर सिनेप्लेक्समा फिल्म हेर्ने मध्ये २ जना र रञ्जना सिनेप्लेक्समा फिल्म हेर्नेमध्ये २ जनाले यो पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

दर्शकले फिल्मको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्नेछ । जसमध्ये, भदौको २३ गतेबाट असोजको ११ गतेसम्म फिल्म हेर्ने दर्शकमध्ये ९ जनाले यो पुरस्कार जित्न सक्नेछन् ।

भदौ २३ गते भन्दा अगाडि फिल्म हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने निर्माणपक्षको भनाई छ ।

विजेताहरुलाई फिल्मको ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माणपक्षले बताएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा चुम्बन जंग शाहीले निर्माण गरेको यो फिल्मले बक्स अफिसमा ५ करोड माथिको व्यापार गरिसकेको छ ।

पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ । फिल्म मेकर्स प्रा.लिले यो फिल्म निर्माण गरेको हो ।

Previous Post

जेन-जीको आन्दोलन पछि पहिलो पटक खुलेको शेयर बजार ठुलो अंकले घट्यो – सबै सूचक राताम्य

Next Post

फेरी बढ्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
२ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

२ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

३ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

४ महिना अगाडि
1.2k

चर्चामा पल शाहको फ्लिम “मोहर “-प्रदर्शनको ३ दिनमा कति कमायो ?

४ महिना अगाडि
1.2k
Next Post

फेरी बढ्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?

Discussion about this post

भर्खरै

  • (no title)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल
  • मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु
  • अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने
  • घट्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.