नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Discussion about this post