फ्लिम मोहरले अहिले चर्चा बटुलिरहेको छ।
सामाजिक कथावस्तुमा आधारित फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा १ करोड रुपैयाँ ग्रसको कमाइ गरेको छ ।
फिल्मले प्रदर्शनको ३ दिनमा (आइतबार बेलुकासम्म) बक्सअफिसमा १ करोड १ लाख ६४ हजार ३३० रुपैयाँ ग्रस कमाई गरेको हो ।
शनिबारको जनैपूर्णिमा बिदा र आइतबार परेको गाईजात्रा बिदामा फिल्मको कमाइ सुखद देखियो ।
ओम प्रतीक निर्देशित फिल्मले सुदुरपश्चिमको देउकी प्रथाको कथा भन्छ । पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाहीको अभिनय यसमा छ ।
शुक्रबार नै सौगात मल्ल स्टारर अर्को नेपाली फिल्म ‘सिटामोल’ पनि रिलिज भएको थियो ।
असोज १५ गते चलचित्र विकास बोर्डले रियल टाइम बक्सअफिस सुरु गरेको थियो । बक्सअफिसको नाम सिनेपाः राखिएको छ ।
Discussion about this post