साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको छ।
आज नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा झरेर रोकिएको छ। केहिदिन अघि सम्म तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ।मंगलबार ३२५ कम्पनीका १ लाख ३० हजार ९५३ पटकको कारोबारमा २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ रहेको छ ।४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ । समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
Discussion about this post