भारतको पश्चिम बंगाल राज्यका एक उदयमान क्रिकेट खेलाडीको जिम गर्दैगर्दा हृदयघातका कारण निधन भएको छ।
२२ वर्षीय प्रियजित दासको शुक्रबार बिहान वीरभूम जिल्लास्थित बोलपुरमा जिम सत्रका क्रममा अचानक हृदयघात भएर निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घोष उदयमान क्रिकेटर थिए । राष्ट्रिय टिममा पर्ने लक्ष्यसहित उनले रणजी ट्रफीमा पश्चिम बंगालको तर्फबाट प्रतिस्पर्धा गर्ने गर्थे । त्यसपछि राष्ट्रिय टिममा स्थान बनाउने उनको लक्ष्य रहेको थियो ।
उनको क्रिकेट यात्रा जिल्ला स्तरबाट सुरु भएको थियो । सन् २०१८/१९ मा क्रिकट एशोसिएसन अफ बंगाल (सीएबी)द्वारा आयोजित अन्तर-जिल्ला यू-१६ क्रिकेट प्रतियोगितामा उनी सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए । सो सफलताको सम्मानस्वरूप सीएबीद्वारा उनलाई समान गरिएको थियो ।
प्रियोजीत फिट रहने उद्देश्यले हरेक विहान जस्तै शुक्रबारपनि बोलपुरको मिशन कम्पाउण्ड क्षेत्रमा रहेको जिम गएका थिए । दुर्भाग्यवश व्यायामकै क्रममा पसिना झारिरहेका बेला उनी अचानक अस्वस्थ भए र हृदयघातका कारण ज्यान गुमाए ।
Discussion about this post