साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ६३ दशमलव ७३ अंकले घटेर २८५८ दशमलव ९० को विन्दुमा पुगेको छ ।
आइतबार ३१९ कम्पनीका एक लाख ५२ हजार ५१८ पटकको कारोबारमा ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँ रहेको छ ।१६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ भने आज सबै उपसमूहहरु राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
Discussion about this post