साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१.५० अंकले घटेको छ। यससँगै कारोबार रकममा समेत गिरावट आएको छ।
आज नेप्सेमा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार बराबरको कारोबार हुँदा नेप्सेको पुँजीकरण समेत १.०६ प्रतिशतले घटेको हो ।
नेप्सेमा आज भएको शेयर कारोबारमा १९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ५२ वटा कम्पनीको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
आजको शेयर कारोबारमा ट्रेड टावर लिमिटेडको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
बिहीबार नेप्सेमा वित्त बाहेक सबै उपसमूहको सूचकमा गिरावट आएको छ ।
Discussion about this post