HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

टिकटकबाट उदाएका टिकटक स्टार आयुष सिंह ठकुरी फ्लिममा खेल्दै

अप्सरा आचार्य by अप्सरा आचार्य
४ हप्ता अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरी अब फिल्म खेल्ने भएका छन्। उनी फिल्म ‘राम नाम सत्य’ मार्फत अभिनय यात्रा सुरु गर्न लागेका हुन्। फिल्म माइकल चन्दको निर्देशनमा बन्न लागेको हो।

निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीसँग आयुषले कागजी सम्झौता गरेका छन्। फिल्ममा साइन गरेपछि आयुषले भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ। तर ‘राम नाम सत्य’को कथा सुनेपछि यहीबाटै डेब्यु गर्ने निर्णय लिएको हुँ। यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ, त्यसैले साइन गरेको हुँ।’

उनकाे चरित्रबारे खुलाइएकाे छैन्। निर्माण टिमका अनुसार आयुष केही महिनादेखि फिल्मको तयारीमा जुटेका छन्। फिल्मका लागि आयुषले तालिम लिइरहेको निर्देशक चन्दले बताए। उनले भने, ‘हामीबीच सहमति भएपछि उनलाई एक्सनको तालिम दिइरहेका छौँ। अब अभिनय प्रशिक्षण पनि सुरू हुँदैछ । फिल्मका लागि उनले निकै मिहिनेत गरिरहेका छन्।’

फिल्मको कथा एक्सन, सस्पेन्स र प्रेमकथा मिश्रित रहेको टिमको दाबी छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने  फिल्म यही साउनको अन्तिम साता छायांकन सुरू गरिनेछ। चितवन, काठमाडौँलगायत स्थानमा छायांकन गर्ने टिमको तयारी छ।

फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरीलगायत कलाकारको अभिनय रहनेछ। उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्म संजय लामाको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ।

Previous Post

साउन १५ मा किन खाइन्छ खिर ?के छ यसको महत्व ?जानौ

Next Post

सेयर बजार घट्ने क्रम जारी ,आजपनि ३१.५० अंकले घट्यो नेप्से

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

by हो खबर
२ हप्ता अगाडि
0

‘विष्णु माझीको गीत नआएसम्म तीज नै खल्लो लाग्छ’- हरेक वर्ष तीजको रौनक सुरु भएसँगै सामाजिक सञ्जालमा गुञ्जिने यो आवाजले यसपटक...

Read more

चर्चामा पल शाहको फ्लिम “मोहर “-प्रदर्शनको ३ दिनमा कति कमायो ?

२ हप्ता अगाडि

दीपिकाको एक इन्स्टाग्राम रिल्सले राख्यो विश्व रेकर्ड,जसलाई १ अर्ब ९० करोड पटक हेरियो,,

३ हप्ता अगाडि

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?यस्ताे छ यसकाे महत्व, जान्नुहाेस

१ महिना अगाडि

गायक रामकृष्ण ढकालले पनि सार्वजनिक गरे गालीगलौज गर्ने आइडी

१ महिना अगाडि
Next Post

सेयर बजार घट्ने क्रम जारी ,आजपनि ३१.५० अंकले घट्यो नेप्से

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

  • वीरगञ्जमा देखियो हैजा
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.