राजावादी अभियन्ता दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट नाती र छोरीको सम्झनामा मर्मस्पर्शी सन्देश सार्वजनिक गरेका छन्।
“मेरो नातीले मोबाइलमा फोटो हेरेर मलाई सम्झन्छ रे,” उनले लेखे, “एयरपोर्टमा डाक्टर बनेर फर्कंदै गरेकी छोरीलाई स्वागत गर्न नपाउँदा मन भक्कानिन्छ।” हिंसात्मक राजावादी आन्दोलनमा संलग्न रहेको आरोपमा जेठ ३० गतेदेखि थुनामा रहेका प्रसाईंले आफ्नो जीवन, कर्म र विश्वासलाई नियाल्दै लेखेका छन्, “एकदिन आकाशको बादल हट्नेछ, उज्यालो आउँछ।”
Discussion about this post