HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

अप्सरा आचार्य by अप्सरा आचार्य
४ महिना अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शारीरिक व्यायाम गर्नुका फाइदा अनेक छन् । मधुमेह, उच्चरक्तचाप र मुटु रोगजस्ता दीर्घ रोगलाई समेत नियन्त्रण गर्ने तागत व्यायाममा छ । यी रोग मात्र होइन, दिनहुँ व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा पुग्ने विज्ञहरू बताउँछन् ।

न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनले गरेको एक नयाँ अध्ययन अनुसार व्यवस्थित व्यायाम कार्यक्रममा संलग्न भएका क्यान्सरका बिरामीहरूमा क्यान्सरको पुनरावृत्तिको सम्भावना कम देखिएको छ ।

उनीहरू अरु क्यान्सर बिरामीको तुलनामा लामो समयसम्म बाँच्न सफल भएका छन् ।

कसरी व्यायामले क्यान्सरमा सुधार गर्‍यो ? यो अध्ययनले दिन खोजेको मूल जानकारी के हो  ?

यसै विषयमा इर्मेजेन्सी फिजिशियन तथा जर्ज वासिङटन युनिर्भसिटीकी विशेषज्ञ डा. लियाना वेनसँग गरिएको कुराकानी :

सीएनएन : यो अध्ययनको नतिजा किन महत्वपूर्ण छ ?

वेन : विगतमा क्यान्सर पीडितका लागि व्यायाम फाइदाजनक भनेर मात्र अध्ययनहरू आइरहेका थिए । अहिलेको नयाँ न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनको अध्ययनले भने व्यायामले क्यान्सरका बिरामीमा के फाइदा हुन्छ , कसरी गर्छ ? भनेर ट्रायल गरेको छ । जसमा क्यान्सर बिरामीमा उल्लेखनीय सुधार देखिएको तथ्यांक पेस भएको छ ।

अध्ययनकर्ताहरूले ६ वटा देशको ५५ क्यान्सर केन्द्रबाट ९०० बिरामी जम्मा गरेका थिए, जो कोलोन क्यान्सरको तेस्रो र दोस्रो चरणमा थिए ।

अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीका अनुसार क्यान्सरको उपचार शल्यक्रिया, केमोथेरापी गरेपछि पनि पुनः पछि ३० प्रतिशतमा कोलोन क्यान्सर देखिन्थ्यो । जसकारण कयौं रोगले मृत्युको मुखमा पुग्थे ।

अध्ययनमा सहभागी भएका बिरामीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । एउटा समूहलाई स्वस्थ खानपान र सामान्य शारीरिक गतिविधिको साधारण स्वास्थ्यसम्बन्धी जानकारी दिइएको थियो ।

यो हालको मानक उपचार प्रक्रिया हो ।

अर्को समूहलाई हेल्थ कोचको साथमा व्यायाम गर्ने खाका सहितको कार्यक्रम दिइयो । सुरुको ६ महिनासम्म दुईपटक प्रति महिना प्रशिक्षकसँग सल्लाह हुने र त्यसपछि महिनोमा एकपटक सल्लाह हुने व्यवस्था गरिएको थियो ।

यो समूहले नियन्त्रित व्यायाम, प्रेरणा, र निरन्तर निगरानी पायो ।

सहभागी हुनेमा व्यायाम गर्नेहरूमा उच्च सुधार देखिएको थियो । उनीहरूले ६ मिनेटमा हिँड्न सक्ने दुरी र ‘भीओ२ म्याक्स’ शरीरले अक्सिजन ग्रहण गर्ने अधिकतम क्षमता नाप्ने मेशिनबाट गरिएको हो ।

यी दुवै मापदण्डहरू मुटु तथा रक्तसंचार प्रणालीको स्वास्थ्य संकेत हुन् । त्यसैले, व्यायामले उनीहरूको शारीरिक फिटनेसमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारेको देख्न सकिन्छ ।

दुई समूहलाई करिब आठ वर्षसम्म अनुगमन गर्दा, सामान्य सल्लाह पाउने समूहमा १३१ जनामा क्यान्सर दोहोरियो र ६६ जनाको मृत्यु भएको थियो । जब कि संरचित व्यायाम गर्ने समूहमा ९३ जनामा मात्र क्यान्सर पुन: देखियो र ४१ जनाको मृत्यु भयो ।

यसले व्यायाम गर्ने समूहमा क्यान्सर दोहोरिन सक्ने जोखिम २८ प्रतिशत कम र मृत्युको जोखिम ३७ प्रतिशत कम थियो । अध्ययनले क्यान्सरपछि रोगमुक्त जीवन लम्ब्याउन व्यायाम अत्यन्त प्रभावकारी रहेको र उपचारको अनिवार्य हिस्सा हुनुपर्ने प्रमाणित गर्छ ।

सीएनएन : अध्ययनको नतिजाले कसरी उपचारमा परिवर्तन ल्याउन सक्छ ?

वेन : कल्पना गर्नुहोस्, कुनै नयाँ औषधिको क्लिनिकल ट्रायल भएको छ र त्यसले पुनः क्यान्सर हुने वा नयाँ क्यान्सर विकसित हुने सम्भावना २८ प्रतिशतले घटाउने देखाएको छ ।

त्यस्तै, उपचार अवधिभर मृत्युको जोखिम ३७ प्रतिशतले कम भएको देखिएको छ भने कस्तो हुन्थ्यो होला ? बिरामी र चिकित्सकहरूले यसलाई एक ठूलो सफलता मान्थे र नयाँ उपचारको रूपमा प्रयोग गर्न उत्साहित हुन्थे ।

ठिक यस्तै स्तरको परिणाम यस अध्ययनले देखाएको छ । मलाई लाग्छ, यसले क्यान्सर उपचारको अहिलेको अभ्यासमा ठूलो परिवर्तन ल्याउन सक्छ । हाल क्यान्सरको शल्यक्रिया, किमोथेरापी वा रेडिएसनपछि बिरामीलाई व्यायाम गर्न सुझाव त दिइन्छ, तर धेरैजसो बिरामीले स्वास्थ्य प्रशिक्षक वा कोचको सेवा लिँदैनन् । र, चिकित्सकहरू वा प्राथमिक उपचार दिने पनि पछिल्लो भेटघाटमा उनीहरूको व्यायाम कार्यक्रमको विषयमा सोधपुछ नगर्न सक्छन् ।

तर अब यी तथ्यांक हेर्दा यो अवस्था बदलिनुपर्ने स्पष्ट देखिन्छ । अब बिरामीलाई ‘व्यायाम गर्ने तरिकाको अभ्यास’ दिन सकिन्छ । र, स्वास्थ्यकर्मीहरूले नियमित रूपमा उनीहरूको व्यायाम गतिविधि ट्र्याक गर्न सक्छन् ।

बीमा कम्पनीहरूले पनि क्यान्सरका बिरामीका लागि स्वास्थ्य प्रशिक्षकको खर्च व्यहोर्ने सोच गर्न सक्छन्, किनभने यसले भविष्यमा हुने महँगो किमोथेरापी वा अन्य उपचार आवश्यकतालाई घटाउन मद्दत गर्न सक्छ ।

यो भविष्यमा लाग्ने उपचार खर्च घटाउने एक लगानीको रूपमा पनि हेरिन सक्छ ।

सीएनएन : व्यायामले कसरी क्यान्सरको जोखिम घटाउँछ त  ?

वेन : नियमित शारीरिक गतिविधिले केही प्रकारको क्यान्सर जोखिम कम गर्ने जनसंख्यामा आधारित अध्ययनहरूले पनि देखाउँदै आएका छन् । यसले क्यान्सर घटाउँछ भन्ने केही सिद्धान्तहरू छन् ।

एक भनाइ अनुसार व्यायामले मानिसलाई स्वस्थ तौलमा रहन मद्दत गर्छ । किनभने मोटोपन आफैँमा क्यान्सर हुनसक्ने जोखिम कारकमा गनिन्छ ।

त्यसैगरी, व्यायामले शरीरमा हुने केही हर्मोनहरूको सन्तुलनमा सहयोग गर्छ । जुन हर्मोनहरू क्यान्सरको विकासमा संलग्न हुन्छन् । साथै, व्यायामले शरीर सुन्निन सक्ने प्रतिक्रियालाई घटाउन सक्छ । जुन क्यान्सरसँग सम्बन्धित हुनसक्ने अर्को कारण हो ।

सीएनन : व्यायाम कति मात्रामा गर्न जरुरी हुन्छ ?

वेन : अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले वयस्कहरूलाई हप्तामा कम्तीमा १५० मिनेट मध्यमदेखि उच्च स्तरको शारीरिक गतिविधिमा सहभागी हुन सिफारिस गरेको छ ।

यदि कोही हप्तामा पाँच दिन व्यायाम गर्छन् भने दैनिक झन्डै ३० मिनेटजति व्यायाम गर्न सकिन्छ । जस्तै, तीव्र गतिमा हिँड्ने, दौडने, साइकल चलाउने वा पौडी खेल्ने-गर्नु पर्याप्त हुन्छ ।

यी व्यायामका फाइदाहरू संचित हुने खालका हुन्छन् । अर्थात्, एकैपटक सबै गर्नुपर्दैन । जसले व्यायामका लागि लामो समय छुट्याउन सक्दैनन्, उनीहरूले आफ्नो दैनिक जीवनशैलीमै शारीरिक गतिविधि कसरी समावेश गर्न सकिन्छ भन्नेबारे सोच्न सक्छन् ।

के काममा लिफ्टको सट्टा भर्‍याङ प्रयोग गर्न सकिन्छ ? यदि दिनमा पाँचपटक यसो गरियो भने १० मिनेटजति अप्रत्यक्षरुपमा व्यायाम हुन सक्छ । फोन, मिटिङ डेस्कमा बस्ने सट्टा छिमेकमा हिँड्दै गर्न सकिन्छ । के पार्किङ थोरै पर गरेर केही मिनेट हिंड्न सकिन्छ ?

साना-साना परिवर्तनहरूले ठूलो प्रभाव पार्न सक्छन् । सल्लाह दिए अनुसार वयस्कले सातामा कम्तीमा १५० मिनेट मध्यम देखि तीव्र खालको व्यायाम गर्नुपर्छ ।

सीएनएन : व्यायाम सुरु गर्न चाहने व्यक्तिहरूका लागि अरु सुझाव के छन् ?

वेन : सातामा १५० मिनेट व्यायाम गर्नु आदर्श मानिन्छ । तर, थोरै मात्रामा गरिने शारीरिक गतिविधि पनि महत्वपूर्ण फाइदा दिनसक्छ । मैले दिन सक्ने सबैभन्दा राम्रो सल्लाह भनेको ‘छिटो नतिजा नखोजी निरन्तर प्रयास गर्नुपर्छ । आज र भोलिमै परिवर्तन देखिँदैन ।’

१५ वा ३० सेकेन्डजति छोटो समयका व्यायाम गर्न सकिन्छ । जस्तै, केही स्क्वाट गर्नु, घरायसी काम गर्नु । कुर्सीबाट उठेर थोरै हिँडडुल गर्नु नै शरीरका लागि फाइदाजनक हुन्छ ।  विशेषतः डेस्कमा धेरै समय बिताउने काम गर्नेहरूका लागि, बसिरहँदाको नकारात्मक असरलाई सन्तुलनमा ल्याउन थप व्यायाम आवश्यक पर्छ ।

 

Previous Post

स्वदेश फर्किए नेपाली राष्ट्रिय महिला फुटबल टोली

Next Post

होसियार -अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नु घातक

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
३ महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

४ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

४ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

४ महिना अगाडि
1.2k

असार १५ मा मात्र नभई अन्य दिनरुमा पनि दहि चिउरा खाँदा स्वास्थ्यलाई लाभ -के छन फाइदा ? जानौं

४ महिना अगाडि
1.2k
Next Post

होसियार -अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नु घातक

Discussion about this post

भर्खरै

  • ११सयले घट्यो सुनको मुल्य ,कतिमा हुदै छ कारोबार ?
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक १९ गते बुधवार को राशिफल
  • सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से
  • दाउन्ने सडकखण्ड पुस १५ गतेसम्मका लागि एकतर्फी रूपमा सञ्चालन हुने
  • घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, कार्तिक २०, २०८२
Thu, November 6, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.