HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

घरमा किन रोपिन्छ तुलसी ?यस्ता छन् फाइदा जानिराखौं

अप्सरा आचार्य by अप्सरा आचार्य
२ महिना अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आज  हिन्दु परम्परा अनुसार मठमा तुलसी रोप्ने दिन । नेपाल नेपाल, भारतलगायतका विभिन्न देशमा मठमा तुलसी रोपिन्छ। धार्मिक दृष्टिले यसलाई भगवान विष्णुको स्वरुपमा लिइन्छ । तर, तुलसीका अनेकन फाइदा छन् भन्ने कुरा आम मानिसलाई कमै मात्र थाहा छ ।

घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ । धार्मिक दृष्टिले सो विषयलाई पनि अथ्र्याउने प्रयास गरिएको छ । वैज्ञानिक रुपमा तुलसीको फाइदा अपरम्पार रहेको जानकारहरु बताउँछन् । यसमा रहेको औषधीय गुण मानव स्वास्थ्यका लागि बहुउपयोगी मानिने आयुर्वेदका जानकारहरुको भनाइ छ ।

यसलाई महत्वपूर्ण जडिबुटीको श्रेणीमा राखिएको छ । किनकी रुघा तथा खोकी लाग्दा तुलसीको प्रयोगले विशेष फाइदा दिन्छ । तुलसीको पात र दानाका आ–आफ्नै खालका विशेषता रहेका छन् । यसको औषधीय लाभका बारेमा राम्रै खोज पनि भएको छ ।

यो एक प्रकारको सुगन्धित वनस्पती पनि हो । यसले वायु मण्डलमा रहेका दुषित हावालाई समेत स्वच्छ बनाउन सहयोग गर्छ । यो एक किटाणुनाशक वनस्पती समेत हो । त्यसकारण यसको बहुउपयोग रहेको छ ।

खोज तथा अनुसन्धानमा संलग्नहरुका अनुसार खासमा तुलसी ५ प्रकारका पाइन्छन् । तर पनि प्रचलित भने सेतो र कालो प्रजातिका तुलसी मात्रै रहेका छन् । यसको सेवनबाट खानपान तथा प्रदुषणका कारणले उत्पन्न हुने विकारलाई हटाउन सहयोग गर्दछ । पेट सफा गर्दछ भने यसले रक्तसञ्चार प्रणालीलाई पनि बलियो बनाउन सहयोग पुर्याउँछ । तुलसीमा एन्टिअक्सिडेन्ड नामक तत्वले मानव शरीरलाई फाइदा दिन्छ ।

सामान्यरुपमा पनि तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले युक्त रहेको आम धारणा रहेको छ । धोइ पखाली गरेर तुलसीको पात त्यसै पनि खान सकिन्छ । यस्तै, पातलाई सुकाएर चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

तुलसी सेवन गर्दा पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने, झाडाबान्ता रोक्ने काम गर्ने आयुर्वेदमा उल्लेख गरिएको छ । यस्तै, कलेजोको क्षमतामा समेत वृद्धि गर्ने चिकित्सकहरुको भनाइ छ ।

ह्वासको दुर्गन्ध हटाउन तथा हड्डी बलियो बनाउन एवम् अनुहारको दाग हटाउन समेत तुलसी लाभदायी मानिन्छ ।

आयुर्वेदका अनुसार चिसो वा मर्की लागेमा वा हल्का ज्वरो आउँदा तुलसीको पात, मरिच र मिस्री पानीमा पकाएर पनि पिउन सकिन्छ ।

तुलसीमा एन्टी–ब्याक्टेरियल तत्व हुने भएकाले घाउ तथा चोटपटक नियन्त्रण गर्न समेत यसको उपयोग गरिन्छ । पुरुषमा हुने यौन दुर्बलता हटाउन समेत तुलसी लाभकारी हुने अध्ययनबाट प्रष्ट भएको छ ।

Previous Post

अमेरिकामा बाढीले हालसम्म ५१ जनाको मृत्यु, २७ बेपत्ता

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज सोमवार,कस्तो छ तपाईंको राशिफल ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

शिवको विशेष दिन ? पूजा गर्नुहोस्

by हो खबर
२ दिन अगाडि
0

सोमबार शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा...

Read more

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल

२ दिन अगाडि

साप्ताहिक राशिफल २०८२ भदौँ ८ गतेदेखी १४ गते सम्म राशिफल

३ दिन अगाडि

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

३ दिन अगाडि

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ८ गते आइतवार को राशिफल

३ दिन अगाडि
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज सोमवार,कस्तो छ तपाईंको राशिफल ?

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.