HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नेपालमा पनि देखियो कोरोना- ७ जनामा पुष्टि

अप्सरा आचार्य by अप्सरा आचार्य
३ महिना अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

केही सातादेखि यता छिमेकी राष्ट्र चीन हुँदै भारतमा समेत कोरोना बढेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन सुरु गरेको छ ।

विगतका  वर्षहरूमा पनि भारतमा कोरोना बढेपछि नेपालमा फैलिएको अनुभवको कारण नेपाल समयमै सतर्क हुनु पर्ने इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले बताए । ‘भारतमा बढेको देखेपछि हामीले पनि आफ्ना संयन्त्रणहरु तयारी अवस्थामा राखेका छौ’उनले भने ।

केही दिन अघि स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग तयारीको लागि छलफल गरेको र सीमा नाका, हवाई नाकाहरूमा हेल्थ डेस्क राखिसकेको जानकारी दिए । ‘सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकेका छौ, आवश्यक परेमा परीक्षण कीट तुरुन्तै पठाउने  गरी तयारी गरेका छौ’उनले भने । यसको साथै परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।

भारतमा फैलिएको देखिएपछि नेपालको कोरोनाको स्थिति बारेमा पनि हेरिरहेको झाले बताए । नियमित परीक्षण गरिएको तथ्याकं अनुसार पछिल्लो समय ७ जनामा कोरोना पुष्टि भएको छ। ती मध्येमा १ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याकं हो भने ६ जना छिमेकी जिल्ला काभ्रेका हुन । काभ्रेका सक्रमितहरु भारतीय यात्रामा नदेखिएको हुनाले उनीहरूको स्थानीय कोरोना देखिन्छ ।

‘संक्रमितहरुलाई फोन सम्पर्क गरेर स्थितिको बारेमा जानकारी लिइसकेका छौ, उनीहरु सामान्य अवस्थामा छन्’उनले भने । संक्रमित पुष्टि भएका मध्ये सबै जना नियमित परीक्षणको क्रममा पुष्टि भएका हुन । अहिलेसम्म नेपालमा संक्रमित संख्या ह्वात्तै नबढेको हुनाले जिन सिक्वेन्सिङ नगरिएको निर्देशक झाले बताए । धेरैको संख्यामा पुष्टि भएको खण्डमा जिन सिक्वेन्सिङ गर्ने उनले जानकारी दिए ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखाका संयोजक डा. शेर बहादुर पुनले अहिले छिमेकी देशहरूमा देखिएको कोरोनाको असर कडा रुपमा नदेखिएको बताए । तर जोखिम उमेर समूह र दीर्घरोगीहरुलाई असर गर्न सक्ने भएकोले यी समूह सतर्क हुनु पर्ने डा. पुनको सुझाव छ । पुनको अनुसार विश्व स्वास्थ्य सङ्गठनले हाल विभिन्न देशमा देखिएको कोरोनालाई कडा कोरोना नभएको भनाइ सार्वजनिक गरेको हुनाले आत्तिइहाल्न आवश्यक नभएको बताए । ‘जुन स्तरमा हल्ला त्यो अनुसारको कडा भएको देखिँदैन’ उनले भने।

भारतमा देखिएको कोरोना कडा असर नदेखिएको र कडा प्रजातिको नभएको तर यसको असर वृद्धा तथा दीर्घ रोगीमा हुन सक्ने भएकोले सर्तक हनु पर्ने उनको  सुझाव छ । डा. झाको अनुसार सबै नागरिकहरूले भिडभाडमा जाँदा पहिलाको जस्तै मास्कको प्रयोग गर्ने, हातको सफाइ राख्ने काम गर्न अनुरोध गरे ।

Previous Post

घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

Next Post

‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन-निकिता पौडेल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

डेंगु संक्रमणबाट  टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी...

Read more

पालिएका कुखुरामा देखियो ‘भाइरस’

२ हप्ता अगाडि

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

१ महिना अगाडि

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

२ महिना अगाडि

महिनावारी ढिलाइ हुनुका आठ कारण

२ महिना अगाडि
Next Post

'अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन-निकिता पौडेल

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.