इलाम –
माङसेबुङ ५ का १७ वर्षीया नुमा लावती र मनिसा चेम्जोङको विराटनगरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उनीहरूले जङ्गलबाट संकलन गरिएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो।
च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको बताइएको छ।
त्यस्तै, सोही च्याउ खाएका धनराज सङबाङफेको पनि अकस्मात् मृत्यु भएको छ। तीनैजनाको मृत्युले पुरै गाउँ शोकमा डुबेको छ।
Discussion about this post