HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु-गृहमन्त्री रमेश लेखक

अप्सरा आचार्य by अप्सरा आचार्य
३ महिना अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् ।

शनिबार यहाँ सञ्चारकर्मीहरूसँग उनले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेबित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबसाल्ने जिकिर गरे । गृहमन्त्री लेखकले अगाडि भने, ‘गृह मन्त्रालयमा हजार, लाख कर्मचारी छन् । यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? त्यसकारण मैले भनिसके मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढंगले झुट्टा प्रचारबाजी भइरहेको छ ।’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताए । ‘अहिले जुन सवाल उठिरहेको छ, यसका सन्दर्भमा मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु’, उनले भने, ‘यसर्थ मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ । यस विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेछु ।’

यसअघि आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित/प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।

Previous Post

मनकामना दर्शन गर्न गएका पर्यटकको शौचालयमा लडेर मृत्यु

Next Post

इलाममामा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु -पुरै गाउँ शोकमा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

by अप्सरा आचार्य
३ हप्ता अगाडि
0

भारतको पश्चिम बंगाल राज्यका एक उदयमान क्रिकेट खेलाडीको जिम गर्दैगर्दा हृदयघातका कारण निधन भएको छ। २२ वर्षीय प्रियजित दासको शुक्रबार...

Read more

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

४ हप्ता अगाडि

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१ महिना अगाडि

युुवाहरुलाई विदेश जान रोकी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता -प्रधानमन्त्री ओली

१ महिना अगाडि

पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

१ महिना अगाडि
Next Post

इलाममामा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु -पुरै गाउँ शोकमा

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.