धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
लक्ष्मीनियाँ गाउँपालिका–५ का हरिराम यादव श्रीमती अञ्जली यादवको हत्या आरोपमा पक्राउ परेका हुन् ।
गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको हत्या गरेको हरिराममाथि आरोप छ । उनले श्रीमतीको हत्या गरी शव घरकै पूजाकोठामा गाडेर दसमहिने छोरी लिएर घरबाट सम्पर्कविहीन भएका थिए । हरिराम पक्राउ परे पनि छोरीको अवस्था अज्ञात नै रहेको छ ।श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो नरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनलाई पक्राउ गरी अहिले जिल्ला अदालत धनुषामा म्याद थपको लागि लगेको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए ।
Discussion about this post