नेपाल राष्ट्र बैंकमा विश्व पौडेलले गभर्नर पदको शपथ र पदभार ग्रहण गरेकै दिन सेयर बजार घटेको छ ।
आज नेप्से परिसूचक ७ दशमलव ९४ अङ्कले घटेर २६६९ दशमलव ९१ को विन्दुमा पुगेको छ ।
बुधबार ३१६ कम्पनीका ८८ हजार १२१ पटकको कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँ रहेको छ ।९३ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युतमा लगानीकर्ता झुम्मिएका छन् ।
Discussion about this post