गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ ।
गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका हुन् ।बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको बताइएको छ ।
Discussion about this post