साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर २६४७ दशमलव ०७ को विन्दुमा पुगेको छ ।
सोमबार ३२७ कम्पनीका ७६ हजार ९९८ पटकको कारोबारमा २ करोड ३६ लाख ८९ हजार ०७१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँ रहेको छ ।७८ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये दुई वटा बढ्दा बाँकी राताम्मे छन् । आज नेपाल माइक्रोइन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा नगदी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ ।
Discussion about this post