HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भावस्थामा यौनसम्पर्क गर्नु हुन्छ कि हुँदैन ?यसबारे जानौं

अप्सरा आचार्य by अप्सरा आचार्य
४ महिना अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्था महिलाका लागि जीवनको सबैभन्दा विशेष र सुन्दर, तर संवेदनशील समय हो । यस समयमा मन र शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । यी परिवर्तनका बीचमा गर्भवती महिलाको मनमा धेरै प्रश्नहरू पनि उठ्छन् ।

धेरै प्रश्नहरू मध्ये एउटा प्रश्न गर्भावस्थामा यौनसम्पर्क गर्नु हुन्छ कि हुँदैन ? भन्ने पनि उठ्न सक्छ । तर यस विषयमा दम्पती खुलेर कुरा गर्न सक्दैनन् । यो प्रश्नको बारेमा धेरै भ्रमहरू पनि समाजमा व्याप्त छ । यस्तोमा यसबारे चिकित्सा विज्ञानले के भन्छ त ?

चिकित्सा विज्ञान के भन्छ ?

यदि गर्भावस्था सामान्य छ र कुनै जटिलता छैन भने यौनसम्पर्क पूर्ण रूपमा सुरक्षित हुनसक्छ ।  आमाको गर्भमा शिशुलाई एम्नियोटिक तरल पदार्थ र पाठेघरको बलियो लेयरले सुरक्षित राख्छ, त्यसैले सामान्यतया यौनसम्पर्कले बच्चालाई कुनै हानि गर्दैन ।

यसको अर्थ गर्भमा हुर्किरहेको बच्चा आमाको गर्भ, बलियो मांसपेशी र एम्नियोटिक तरल पदार्थको तहले राम्रोसँग सुरक्षित हुन्छ । यसका साथै, पाठेघरको मुख (सर्भिक्स) लाई म्युकस प्लगले बन्द गरिन्छ, जसले ब्याक्टेरिया र सङ्क्रमणबाट सुरक्षा प्रदान गर्छ । अर्थात्, यदि कुनै जटिलताहरू छैनन् भने, यौनसम्पर्कले गर्भमा रहेको बच्चालाई कुनै हानि गर्दैन।

के छ फाइदा ?

यदि महिला कुनै समस्याबाट पीडित छैनन् र डाक्टरले निषेध गरेका छैनन् भने, पार्टनरसँग बस्दा भावनात्मकसँगै या‌ैन सम्बन्ध राख्न सकिन्छ । यस समयमा, गर्भवती महिलालाई आफ्नो पार्टनरको निकटता र माया चाहिन्छ ।

यसले हर्मोनलाई आराम दिन्छ, जसले तनाव कम गर्छ ।यौनसम्पर्ककाे क्रममा चरम सुखपछि शरीर र मनले आराम महसुस गर्छ । रक्तसञ्चारमा सुधार हुन्छ, जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याउँछ ।

कुन अस्थामा यौनसम्पर्क नगर्ने ?

गर्भ रहेका बेला केही विशेष  चिकित्सा अवस्थाहरूमा, डाक्टरले यौन सम्पर्कबाट नराख्न सल्लाह दिन्छन् । यी मध्ये एक हो ‘प्लासेन्टा प्रिभिया’ । यो भनेको प्लेसेन्टा (साल) ले पाठेघरको तल्लो भाग ढाकेको अवस्था हो ।

समय पूर्व प्रसवको जोखिम भएको अवस्थामा पनि यौनसम्पर्क गर्नुहुँदैन । समय पूर्व प्रसवको जोखिम भन्नाले विगतमा पनि समय पूर्व प्रसव भएको छ भने बुझिन्छ ।

गर्भावस्थामा बारम्बार रक्तस्राव भएमा, एम्नियोटिक तरल पदार्थ चुहिएमा अर्थात् पानीको फोका फुटेकाे अवस्थामा पनि यौन सम्पर्क नगर्न सल्लाह दिइन्छ ।

जुम्ल्याहा बच्चाहरू भएमा पनि गर्भावस्थामा, जोखिम अलि बढी हुन्छ ।

पहिले गर्भपतन वा गर्भावस्थाको जटिलता भएको छ भने पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।

यी कुराहरूमा ध्यान दिनुपर्छ

गर्भावस्थाको पहिलो तीन महिना र अन्तिम तीन महिना यौन सम्बन्ध राख्दा विशेष ध्यान दिनुपर्छ । पहिलो तीन महिना र अन्तिम तीन महिना लापरबाही गरियो भने गर्भपातको जोखिम बढ्छ ।

गर्भावस्थामा यौनसम्पर्क गर्दा सुरक्षित आसन छनोट गर्नुपर्छ । पेटमा दबाब पर्ने कुनै पनि आसनमा अपनाउनु हुँदैन । सरसफाइमा ध्यान दिनुपर्छ ।  सरसफाइले सङ्क्रमणको जोखिम कम गर्छ । विभिन्न सङ्क्रमणबाट बच्नका लागि कन्डम प्रयोग गर्नुपर्छ ।

यदि दुखाइ, रक्तस्राव वा असुविधा महसुस भयो भने, तुरुन्तै यौनसम्पर्क रोक्नुपर्छ । र, याैन मज्जा प्राप्त हुने विकल्प राेज्नुपर्छ ।

– गर्भावस्थामा याैनसम्बन्धकाे मामिलामा डाक्टरसँग खुलेर आफ्ना कुरा गर्नुपर्छ ।  हिचकिचाहटमा कुनै पनि निर्णय गर्नुहुँदैन ।

-आफ्नो पार्टनरसँग सञ्चार कायम राख्नुपर्छ । जबरजस्ती यौनसम्पर्क गर्नुहुँदैन ।

-शारीरिक संकेतहरूमा ध्यान दिनुपर्छ । पेटमा दबाब दिने आसनहरू अपनाउनु हुँदैन ।

-सबै कुरा सामान्य भएपछि मात्र अगाडि बढ्नुपर्छ, असुविधा, पीडा वा डरलाई बेवास्ता गर्नुहुँदैन ।

Previous Post

घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छ -सभापति डिपी अर्याल अर्याल

Next Post

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

डेंगु संक्रमणबाट  टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी...

Read more

पालिएका कुखुरामा देखियो ‘भाइरस’

२ हप्ता अगाडि

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

१ महिना अगाडि

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

२ महिना अगाडि

महिनावारी ढिलाइ हुनुका आठ कारण

२ महिना अगाडि
Next Post

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

  • वीरगञ्जमा देखियो हैजा
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.