पाकिस्तान र अफगानिस्तानमा ठूलठूला असिना पर्दा सयौं गाडी र घरका झ्यालका सिसा फुटेका छन्।
बुधबार अचानक आएको असिनाले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागहरूमा विनाश मच्चाएको छ।
यस क्रममा सयौं सवारी साधन र घरका झ्यालका सिसा फुटेका छन्। बीबीसी उर्दूका अनुसार इस्लामाबादमा बस्ने मानिसहरूले आफ्नो जीवनमा यति ठूला असिना कहिल्यै नदेखेको बताएका छन्।
खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो र भारी वर्षाका कारण लन्डी कोटल डुबानमा परेको थियो। जसका कारण धेरै सवारी साधन पानीमा बगेका थिए।
असिनापानीका कारण धेरै कारका सिसा फुटेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
Discussion about this post