स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Discussion about this post