प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औं जन्मदिनका अवसरमा ७३ वटा विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ ।
उनको जन्मदिनमा झापाको कन्काई नगरपालिका-२, धनुष्कोटीमा पूवा र हवनसहित ७३ दीप प्रज्वलन गरिएको थियो । श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका वडा नं. २ लगायतको अगुवाइमा पूजा गरिएको हो । अष्टचिरञ्जीवीको पूजापछि नजिकै रहेको वन क्षेत्रमा वृक्षरोपण गरिएको थियो ।
Discussion about this post