अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयङ्काले कलाकारितामा डेब्यु गरेकी छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘बालापनको उमेर २’ शुक्रबार युट्युबमा रिलिज भएको छ ।
प्रियंकाले सामाजिक संजालमा छोरीसँगका नाचगानका रमाइला भिडियो सेयर गर्दै आएकी थिइन् ।
ती भिडियोमा प्रशंसकले आयङ्का पनि ममीजस्तै कलाकार बन्ने भन्दै कमेन्ट गरिरहेका हुन्थे । नभन्दै, आयङ्काले म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
यो म्युजिक भिडियोबाट कलाकार सरोज ओलीकी ६ वर्षिया छोरी आन्भीले पनि कलाकारितामा डेब्यु गरेकी छिन् । म्युजिक भिडियोमा प्रियंकालाई पनि देख्न सकिन्छ । कोरसमा अन्य बालिकाले पनि नाचेका छन् ।
बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा सुरक्षा बाठा मगरको स्वर छ । गीतको कोरियोग्राफी र भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् । भिडियोको निर्माण सरोज ओलीले गरेका हुन् ।
Discussion about this post