काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएको धन्यवाद दिएका छन्। नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन्
बालेनले ट्रम्पलाई हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवादसमेत दिएका हुन्।
अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए। उनले ट्रम्पलाई दासत्त्व बन्द गर्नसमेत फेसबुकमार्फत् नै सुझाएका हुन्
लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद। हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ,’ उनले अगाडि लखेका छन् ‘तपाईंहरू गरिब हो किनकि तपाईंका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन्। यस कारण तपाईंहरूलाई यसका लागि संसार भरीका मानिसको आवश्यकता परेको हो।’
बालेनले डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन्। बाँकी संसारलाई प्रतिबन्ध लगाउँदै अघि मौका दिनुपर्ने उनको मत छ।
Discussion about this post